भारतीय लोकसभामा बीजेपी सांसदले नेपाली बोल्दै तेन्जिङ नोर्गेलाई ‘भारत रत्न’बाट सम्मान गर्न माग

भारतीय लोकसभामा बीजेपी सांसदले नेपाली बोल्दै तेन्जिङ नोर्गेलाई ‘भारत रत्न’बाट सम्मान गर्न माग

नयाँ दिल्ली : भारतीय लोकसभाका सांसद राजु बिष्टले नेपाली भाषामा बोल्दै सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पालाई ‘भारत रत्न’बाट सम्मान गर्न माग गरेका छन्। पश्चिम बंगालबाट निर्वाचित सांसद बिष्टले मंगलबारको लोकसभा बैठकमा यस्तो माग गरेका हुन्।

हिन्दीमा ‘म पनि मेरो कुरा मेरो मातृभाषामा राख्दैछु’ भन्दै नेपालीमा बोलेका बिष्टले तेन्जिङ नै ‘भारत रत्न’ सम्मानको सर्वाधिक योग्य भएको बताए।

‘भारत वर्षले कुनै व्यक्तिलाई गर्ने सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’का सर्वाधिक योग्य वहाँलाई अझैसम्म सम्मान गर्न सकेका छनौँ’, बिष्टले भने, ‘म सरकारलाई स्वर्गीय तेन्जिङ नोर्गे शेर्पाज्यूलाई भारत रत्न सम्मान प्रदान गर्न अनुरोध गर्दछु।’ 

उनले नेपाललगायत विश्वका थुप्रै मुलुकले शेर्पालाई सर्वोच्च सम्मान प्रदान गरेको स्मरण समेत गरेका थिए।

बिष्ट भारतीय जनता पार्टीका तर्फबाट २०१९ को आम चुनावमा भारतीय लोकसभा सदस्यका लागि निर्वाचित भएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.