भारत निकासी गर्न लागेको २० लाखको मटर बरामद

भारत निकासी गर्न लागेको २० लाखको मटर बरामद

परासी : जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले २० लाख बराबरको हरियो मटर बरामद गरेको छ। भारततर्फ चोरी निकासी गर्ने उद्देश्यले लैजादै गरेको अवस्थामा जिल्लाका विभिन्न ५ स्थानबाट एक ट्रकसहित उक्त बराबरको मटर बरामद गरिएको प्रहरी उपरीक्षक अजय केसीले बताए।

केसीका अनुसार ना ४ ख ४६२५ नं.को ट्रकमा लोड गरी लैजादै गरेको अवस्थामा २ सय १० क्विन्टल मटर बर्दघाटको भटौलियाबाट बरामद भएको हो। १६ लाख ८० हजार बराबरको उक्त मटर ४ सय २० वटा बोरामा लोड गरेर ट्रकमा लैजादै गरिएको थियो।  त्यसैगरी सेमरीबाट ८५ हजार बराबरको १० क्विण्टल ५० केजी, परासीको वाईपास रोडबाट ५० हजार बराबरको ६ सय ५० केजी मटर बरामद गरिएको हो।

त्यस्तै  पाल्हीनन्दन गाउँपालिकाको शंकरपुरबाट ४५ हजार बराबरको ५ सय ५० केजी र रामग्रामको उजैनीबाट ५४ हजार बराबरको ६ सय ७५ केजी मटर बरामद गरिएको हो। उक्त मटर केहीले मोटरसाईकल र केहीले साईकलमा लैजादै गरेको प्रहरीले जनाएको छ। बरामद ट्रक र मटर आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरी उपरीक्षक केसीले बताए। उक्त मटर तेस्रो मुलुकबाट विरगञ्जको नाकाहुँदै नवलपरासी ल्याउने गरिएको प्रहरीले जनाएको छ। जिल्लामा मटर तस्करीको कारोबार गर्ने १ देखि डेढ सय जना रहेको बताइएको छ।

नेपालमा प्रति केजी ८० देखि ८५ रुपैयाँ नेपालीमा बिक्री हुने हरियो मटर भारत पुर्‍याएपछि ९० देखि १ सय रुपैयाँ भारुमा बिक्री हुने भएकाले चोरी निकासी हुने गरेको छ। हरेक दिनजसो नाकाहरुबाट १ करोडसम्मको मटर चोरी निकासी हुने गरेको स्थानीयको अनुमान छ। चोरी निकासी बढेपछि त्यसको नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको कारण देखाएर महिना दिनअघिबाट जिल्लामा मटरको ओसारपसारमा प्रतिबन्ध लगाएको छ। तै पनि प्रहरीको आँखा छलेर मटर चोरी निकासी गर्ने प्रयास हुँदै आएको छ। प्रहरीले हरेक दिनजसो ५ देखि १० लाख बराबरको मटर पक्राउ गर्दै आएको छ। डेढ महिनाको अवधिमा त्यसरी प्रहरीले पक्राउ गरी पठाएका ४५ लाख बढीका केराउ लिलाम गरिएको  महेशपुर भन्सार कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.