उपत्यकामा ७३७ सहित २४ घण्टामा अहिलेसम्मकै बढी १५ सय ३९ जनामा कोरोना पुष्टि

उपत्यकामा ७३७ सहित  २४ घण्टामा अहिलेसम्मकै बढी १५ सय ३९ जनामा कोरोना पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा  अहिलेसम्मकै सबैभन्दा बढी १५ सय ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको कुल संख्या ५८ हजार ३२७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

मन्त्रालयका अनुसार १६ हजार २४२ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै संस्थागत आइसोलेसनमा ८ हजार ५४१  र हाेम आइसोलेसनमा सात हजार ७०१ जना रहेका छन् ।  क्वारेन्टाइनमा अहिले ७ हजार ८२० जना रहेका छन्। मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा १० हजार ४९४ पीसीआर परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा १०६८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ। नेपालमा कोरोनाबाट हालसम्म  ३७९ जनाको मृत्यु भएको छ। बुधबार मात्रै थप ८ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा उपत्यकामा मात्र ७३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार  २४ घण्टामा चार पुरुष र चार महिला गरेर आठ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३७९ पुगेको छ । 

मोरङ, सुनसरी, सर्लाही, काठमाडौं, चितवन, भक्तपुर, र रुपन्देहीमा कोरोनाका पाँच सय बढी बिरामी रहेका छन् भने सोलुखु्म्बू, मुस्ताङ,  डोल्ला, मुगु र हुम्ला कोरोनाका शून्य बिरामी रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.