भारतमा ३८२ कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु

भारतमा ३८२ कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु

नयाँ दिल्ली : भारतमा ३८२ कोरोना भाइरस (कोभिड–१९) संक्रमित स्वास्थ्यकर्मीको मृत्यु भएको छ। इन्डियन मेडिकल एसोसिएसन (आईएमए) को बुधबारसम्मको तथ्यांकअनुसार ३८२ स्वास्थ्यकर्मीले कोरोनाबाट ज्यान गुमाइसकेका हुन्।

ज्यान गुमाउनेमा २७ वर्षदेखि ८५ वर्षसम्मका स्वास्थ्यकर्मी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। 

तथ्यांकअनुसार २ हजार २३८ चिकित्सक कोरोना भाइरस संक्रमित भएका छन्। 

गत डिसेम्बरदेखि फैलिएको कोरोनाबाट हालसम्म भारतमा ५० लाख २० हजार बढी मानिस संक्रमित भइसकेका छन्। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितमध्ये ८२ हजार ६६ को ज्यान गइसकेको छ। त्यस्तै ३९ लाख ४२ हजार बढी निको भएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.