अब बैतडीमै कोरोना परीक्षण

अब बैतडीमै कोरोना परीक्षण

बैतडी : बैतडीमा बिहीबारदेखि कोरोना परीक्षण सुरु भएको छ । जिल्ला अस्पताल बैतडीमा पीसीआर प्रयोगशाला स्थापना भएसँगै कोरोना परीक्षण सुरु भएको जिल्ला अस्पतालका प्रयोगशाला इन्चार्ज श्यामराज जोशीले बताए ।

जिल्ला अस्पताल बैतडीमा पीसीआर प्रयोगशाला स्थापना भएपछि बैतडीका मात्रै नभएर दार्चुलाका नागरिकलाई पनि सजिलो हुने भएको छ । प्रयोगशालामा दैनिक २ सयदेखि ३ सय स्वाब परीक्षण गर्ने सकिने प्रयोगशाला इन्चार्ज जोशीले बताए । 

सुदूरपश्चिम प्रदेश सरकारको करीब ४० लाखको लागतमा जिल्ला अस्पातलमा पीसीआर ल्याब स्थापना भएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष पार्वती भट्टले बताइन् । उनले भनिन्, 'हाम्रो जिल्लामा पीसीआर ल्याब संचालनमा आएपछि अब कोरोना परीक्षणको लागि सजिलो भएको छ ।'

जिल्ला अस्पतालमा प्रयोगशाला स्थापना भएपछि कोरोना मात्रै नभएर अन्य रोगको निदानका लागि पनि सहज भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने, 'पीसीआर प्रयोगशाला कोरोना परीक्षणका लागि मात्रै होइन् । यो अन्य रोगहरुको निदानका लागि पनि सहयोग गर्छ ।'

प्रयोगशालाको प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले एक कार्यक्रमबीच संयुक्तरुपमा उद्दघाटन गरेका हुन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.