कोरोना महामारीमा राजनीतिक भेला

कोरोना महामारीमा राजनीतिक भेला

दैलेख : कोरोना भाइरस (कोभिड–१९)को महामारीको बेला पनि दैलेखका स्थानीय तहका विभिन्न गाउँहरुमा राजनीतिक पार्टीका कार्यक्रमहरु रोकिएका छैनन्। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्ष दल नेपाली कांग्रेसले कार्यकर्ता भेला, छलफल तथा पार्टी प्रवेश कार्यक्रमलाई निरन्तरता दिएका छन्। अहिले नेकपा र कांग्रेसमा कार्यकर्ता भेला गर्नेदेखि पार्टी प्रवेश गराउने प्रतिस्पर्धा चलिरहेको छ।

केहि दिन अघि जिल्लाको भैरबी गाउँपालिका–३ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वडा कमिटीको आयोजनामा पार्टी कार्यालय उद्घाटन भयो।  कार्यक्रममा कर्णाली प्रदेश सांसद सुशिल थापाले अन्य दलका झण्डै चार दर्जन कार्यकर्तालाई नेकपामा प्रवेश गराए। उक्त कार्यक्रममा सांसद थापामाथि स्थानीय केहि युवाहरुले हातपातको समेत प्रयास गरेको खबर सार्वजनिक भयो। 
बुधबार मात्रै भैरबी गाउँपालिका–३ मै नेपाली काँग्रेसले एक कार्यक्रमको आयोजना गर्‍यो। कांग्रेसका जिल्ला स्तरिय नेताहरुको उपस्थितीमा नेकपाका झण्डै तीन दर्जन कार्यकर्ताहरुलाई कांग्रेसमा प्रवेश गरे। त्यतिमात्रै होइन भदौ २९ गते नेकपाले भगवतीमाई गाउँपालिकाको बेस्तडामा अगुवा कार्यकर्ता भेलाको आयोजना गर्‍यो। कर्णाली प्रदेश सांसदद्धय अम्मरबहादुर थापा, मिनासिंह रखाललगायतका नेकपाका नेताहरु सहभागी अगुवा कार्यकर्ता भेलामा अरु पार्टीका केही कार्यकर्तालाई समेत स्वागत गरिएको थियो।

कोरोना संक्रमण दर ह्वात्तै बढेका बेला दैलेखलाई ‘कोरोनाको रेड जोन’ को रुपमा हेरिएको थियो। स्थानीय नागरिकहरुमा कोरोनाको त्रास कायमै छ। कोरोना संक्रमणको त्रास कायमै रहेको बेला राजनीतिक दलहरुले अगुवा कार्यकर्ता भेटघाट, छलफल, बैठक, पार्टी प्रवेश लगायतका राजनीतिक कार्यक्रम जारी राखेका छन्।  सामान्य सावधानीसमेत नअपनाई पार्टीका कार्यक्रमलाई निरन्तरता दिँदा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ।

गाउँगाउँमा राजनीतिक दलहरुको भेला र जमघटले गर्दा कोरोनाको त्रास झन बढिरहेको स्थानीय नागरिक बताउँछन्। सचेतना फैलाउनुपर्ने व्यक्तिहरु नै जथाभावी कार्यक्रममा सहभागी हुन थालेपछि समुदायमा गलत सन्देश गएको समाजका अगुवाहरुको भनाई छ। कोरोना भाइरसको संक्रमणबाट बच्न थप सजगता अपनाउन, सामाजिक दुरी कायम गर्दै भीडभाड नगर्न आग्रह गर्दै आएको जिल्ला प्रशासन कार्यालय दैलेख राजनीतिक भेलाबारे बेखबर छ।

सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले जिल्लाका विभिन्न ठाउँमा भईरहेका राजनीतिक भेलाबारे जानकारी नभएको बताए। ‘हामीले राजनीतिक दलहरुलाई जमघट र भेला आयोजना नगर्न आग्रह गर्छौ,’ सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले भने।  स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार बिहीबारसम्म दैलेखमा एक हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ती मध्ये एक हजार ७४ जना डिस्चार्ज भईसकेका छन्। हाल जिल्लामा सक्रिय संक्रमितको संख्या २१ जना छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.