साउथको फिल्ममा उर्वशी
मुम्बई: बलिउड अभिनेत्री छिट्टै साउथको हिट फिल्म ‘थिरुट्टु पेले’ को हिन्दी रिमेकमा देखिने भएकी छन्। थिरुट्टु पेलेको निर्देशन सुसी गणेशनले गरेका थिए। यो साउथ फिल्ममा बबी सिम्हा, प्रसन्ना र अमला पाल मुख्य भूमिकामा थिए। यसको हिन्दी रिमेकको सुटिङ अहिलेसम्म वाराणसी र लखनउमा गरिएको छ।
फिल्ममा उर्वशीले विनीतकुमार सिंहसँग रोमान्स गर्दै छिन्। उर्वशीले यो फिल्मका लागि डबिङ सुरु गरेकी छन्। यो फिल्ममा उर्वशी ग्ल्यामरस युवतीको भूमिकामा देखिने छिन्। उर्वशीले हालै हैदराबादमा ‘ब्ल्याक रोज’ को सुटिङ पनि सकाएकी छन्। यसको निर्देशन संपत नन्दीले गरेका छन्।
उर्वशीले यसअघि कन्नड फिल्ममा काम गरेकी थिइन्। यो फिल्मको नाम श्री एयरवटा थियो। उनलाई पछिल्लो पटक कमेडी ड्रामा फिल्ममा देखिएको थियो जसको नाम ‘भर्जिन भानुप्रिया’ थियो। यसमा गौतम गुलाटी र अर्चना पुरन सिंहले पनि उनको साथमा काम गरेका थिए।