बैतडीमा कोरोनाका बिरामी बढे

बैतडीमा कोरोनाका बिरामी बढे

बैतडी : बैतडीमा कोरोना संक्रमितको संख्या ३८५ पुगेको छ । शुक्रबार डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप २ जनामा कोरोना पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ३८५ पुगेको हो । सुर्नया गाउँपालिका ७ का ३४ वर्षीया महिला र मेलौली नगरपालिका ३ का ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ती भुवनप्रसाद जोशीले जानकारी दिए।

संक्रमण पुष्टि भएका दुबैजना भारतबाट फर्किएर होम क्वारेन्टाइनमा बसिरहेका जनाइएको छ । ती दुबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । यसैबीच जिल्लाम हाल सक्रिय संक्रमितको संख्या १० रहेको छ । दशरथचन्द नगरपालिकाका ६, डिलाशैनी गाउँपालिका २, मेलौली नगरपालिका र सुर्नया गाउँपालिकाका १/१ जना मात्रै सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

२ जनामात्रै संस्थागत आइसोलेसनमा

जिल्लामा सक्रिय संक्रमित १० जनामध्ये दुईजनामात्रै संस्थागत आइसोलेसनमा बसेका छन् । डिलाशैनी गाउँपालिका २ जना संक्रमित मात्रै संस्थागत आइसोलेसनमा बसीरहेका स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए । 

जिल्लामा अन्य ८ जना संक्रमित होम आइसोलेसनमा बसिरहेका उनले बताए । बाँकी ३७५ जना डिस्चार्ज भइसकेका छन् । बैतडीमा ३८५ जनामा संक्रमण पुष्टि हुँदा सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकाका ६० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै दशरथचन्द नगरपालिकाका ५२, सिगास गाउँपालिकाका ५१, शिवनाथ गाउँपालिकाका ५०, दोगडाकेदार गाउँपालिकाका ४५, पाटन नगरपालिकाका ४४ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

यस्तै मेलौली नगरपालिकाका ३४, सुर्नया गाउँपालिकाका २९, पुर्चौंडी नगरपालिकाका १० र डिलाशैनी गाउँपालिकाका १० जनामा संक्रमण पुष्टि भएको छ। जिल्लामा गत जेठ ९ गते पहिलोपटक एक थुनुवामा संक्रमण पुष्टि भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.