‘पन्छी’ मा नारी पीडा

‘पन्छी’ मा नारी पीडा

काठमाडौं : गायिका एलिना चौहानका गीत अचेल लगालग लोकप्रिय भइरहेका छन्। उनको स्वरमा रहेको पछिल्लो गीत ‘पन्छी’ ले पनि अहिले श्रोतादर्शकको मन जितिरहेको छ। लोकआधुनिक स्वादका गीत चल्तीमा रहेको बेलामा एलिनाको ‘पन्छी’ भने केही फरक शैलीमा आएको छ।

सुदीप आत्रेयको शब्द र किरण माइकल घिमिरेको संगीतमा रहेको गीतको भिडियोमा धन कमाउने सपना बोकेर विदेश पुगेका नेपाली चेलीले भोग्नु परेको पीडा प्रस्तुत गरिएको छ। फरज अर्पणले निर्देशन गरेको गीतको भिडियोमा गायिका एलिना स्वयम्, नम्रता अर्याल, गणेश पौडेल, सन्तोषकुमार थिनलगायतले अभिनय गरेका छन्। निर्देशक अर्पणकै छायांकन र सम्पादन रहेको भिडियो आत्रेय प्रोडसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

वास्तविक घटनालाई गीतमा प्रतिविम्बित गरिएको गीतकार सुदीप बताउँछन्। गीतको भावअनुसार म्युजिक भिडियो निर्माण गरिएकाले दर्शकले मन पराउँदै गएको उनको धारणा छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.