दार्चुलामा २१ जनामा कोरोना पुष्टि
दार्चुला : डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाका दुई स्थानीय तहका दुई जना महिलासहित २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा अहिलेसम्मकै बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी खगेन्द्र कार्कीले बताए।
उनले भने, 'महाकाली नगरपालिकाका १ जना पुरुष तथा मार्मा गाउँपालिकाका २ जना महिलासहित २१ जनामा कोरोना संक्रमण देखिएको छ।'
मार्मा गाउँपालिकाका ३२, २४, २५, ४४, ३९, ३०, २६, ३०, ३०, ३२ वर्षका पुरुषमा कोरोना देखिएको छ। यस्तै ३४ वर्ष, ३२ वर्ष, २० वर्ष २५ वर्षका पुरुषमा कोरोना पोजिटिभ देखिएको छ भने २२ वर्ष र २८ वर्षका महिलामा समेत कोरोना देखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।