सुदूरपश्चिम विश्वविद्यालयका शैक्षिक गतिविधि अनलाइनबाट
महेन्द्रनगर : सुदूरपश्चिम विश्वविद्यायलले शैक्षिक गतिविधि अनलाईन माध्यमबाट सञ्चालन गरिरहेको छ। विद्यार्थीहरुको शैक्षिक सत्र खेर नजाओस भन्ने हेतुले विश्वविद्यालयले अनलाईन माध्यमबाट कक्षा सञ्चालन तथा परिक्षा सञ्चालन गर्ने भएको हो। विश्वविद्यालयले कोरोना कहर त्यति छिट्टै सकिने अवस्था नदेखिएपछि शैक्षिक गतिविधीहरुलाई अनलाईन सञ्चालन गर्न लागेको विश्वविद्यालय प्रशासनले जनाएको छ।
विश्वविद्यालयले गत असार ५ गतेदेखी १५ वटै क्याम्पसबाट अनलाईन कक्षा सञ्चालन गरिरहेको छ भने यही असोज ९ गतेदेखि अनलाइन प्रणालीबाट रोकिएका परिक्षा सञ्चालन गर्ने अन्तिम तयारीमा जुटेको छ।
सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा रहेका विश्वविद्यायललका १४ वटा आगिक क्याम्पस र केन्द्रिय क्याम्पस महेन्द्रनगरबाट अनलाईन कक्षा सञ्चालनमा रहेको सुप विश्वविद्यालयका रजिष्टार डा.गोविन्द विष्टले बताए।कोरोना भाइरसपछि विश्वविद्यालयले अनलाई मार्फत नियमित कक्षा गरिरहेको उनको भनाई छ।
विश्वविद्यालयले अनलाईन परीक्षा र अनलाईन कक्षामा सहभागी हुन विद्यार्थीहरुलाई पनि जानकारी गराइसकेको छ भने सम्र्पकमा नआएका विद्यार्थीहरुलाई विभिन्न माध्यमबाट सुचना प्रसारण गरी विश्वविद्यालयको सम्र्पकमा आउन आग्रह गरिरहेको छ।
इन्टरनेट समस्या भएका विद्यार्थीका लागि ‘आईसिटी सेन्टर’को स्थापना गर्ने समेत विश्वविद्यालयले जनाएको छ।
टाढा भएका र इन्टरनेटको पहुच नभएका विद्यार्थीहरुको सहजताका लागि नजिकैको स्थानीय तह अथवा सरकारी कार्यालयमा गएर सहजै इन्टरनेट सुविधा प्रयोग गरी अनलाईन कक्षा तथा परिक्षामा सहभागी हुन सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तह, जिल्ला प्रशासन कार्यालय,जिल्ला समन्वय समिति,सुदूरपश्चिम प्रदेश सरकार मातहतका कार्यालयलाई नजिकका विद्यार्थीहरुलाई ईन्टरनेटको सुविधा उपलब्ध गराईदिन विश्वविद्यालयले पत्राचार गरिसकेको रजिष्टार विष्टले बताए।
'विश्वविद्यालयमा अध्यनरत इन्टरनेटको पहुच नभएका विद्यार्थीहरुको लागि सुदूरपश्चिमका ८८ वटै स्थानीय तह र अन्य सरकारी कार्यालयलाई हामीले विद्यार्थीलाई इन्टरनेट सुविधा उपलब्ध गराईदिन पत्राचार गरेका छौ।' रजिष्टार विष्टले भने–'समन्वय समिति जिल्ला प्रशाशन माफर्त समेत विद्यार्थीको सहजताका लागि परिपत्र भैसकेको छ।' उनले विद्यार्थी आफ्नो घर नजिकैको स्थानीय तहबाट अनलाईन परिक्षा तथा कक्षामा सहभागी हुन पाउने व्यवस्था मिलाइएको बताए।
विश्वविद्यालयले नजिकैको स्थानीय तह वा सरकारी कार्यालयमा गएर इन्टरनेटको सुविधा लिई अनलाई माध्यमबाट पठनपाठनमा सहभागी हुन सबै विद्यार्थीलाई आग्रह समेत गरेको छ। 'अधिकांश विद्यार्थी हाम्रो सम्र्पकमा आइसकेका छन।' उनले भने–'सम्र्पकमा नआएका विद्यार्थीहरुलाई विभिन्न माध्यमबाट सुचना प्रकाशित गरेर सम्पर्कमा आउन आग्रह गरीरहेका छौ।' त्यसैगरी विश्वविद्यालयले वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन, व्यवस्थापन तथा मूल्यांकन सम्बन्धी निर्देशिका, २०७७ जारी गरेको छ।
त्यस्तै अनलाईन परीक्षाका लागि विश्वविद्यालयले सिकाई व्यवस्थापन प्रणाली नामक सफ््टेवयर समेत निर्माण गरेको जनाएको छ। सफ्टवयरमार्फत परिक्षार्थीलाई व्यक्तिगत ईमेलमा प्रश्नपत्र पठाईने छ। भने परीक्षार्थीले तोकिएको समय अवधिभित्र उत्तरपुस्तीका स्क्यान गरि विश्वविद्यालयको सफ्टवयरमा अपलोड गनुपर्ने छ।
अनलाईन बाट पहिलो पटक परिक्षा सञ्चालन हुन लागेकाले विद्यार्थीको सहजताका लािग विश्वविद्यालयले परिक्षा अगावै ४र ५ गते विद्यार्थीहरुलाई रियलसल गराउने जनाएको छ।
विश्वविद्यालयले अनलाई कक्षा सुरु गरेपछि विद्यार्थीहरु उत्साहित भएका छन। अहिलेको समय पस्थिीती अनुसार अनलाईबाट पठनपाठन सुरु गर्नु विद्यार्थीको लागि उपयुक्त भएको विद्याथीहरुको भनाई छ।
विश्वविद्यालयले अनलाई कक्षा सुरु गरेपछि विद्यार्थीहरु उत्साहित भएका छन भने अनलाई कक्षामा समेत विद्यार्थीको उलेख्य उपस्थीती रहेको प्राध्यकपकहरुको भनाई छ। सुप विश्वविद्यालय केन्द्रिय क्याम्पस शिक्षाशास्त्र विभागका विभागिय प्रमुख उद्धवदेव भट्टले अनलाई कक्षा नियमित सञ्चालनमा रहेको बताए। 'अनलाई कक्षामा विद्यार्थीहरुको उलेख्य सहभागिता छ।' उनले भने–'विद्यार्थीको शैक्षिकशस्त्र खेर जान नदिन हामीले अनलाईन माध्यमबाट सुरु गरेका हौ।'
विश्वविद्यालयका सबै संकायका पहिलो सेमेस्टर,तेस्रो सेमेस्टर,पाचौ सेमेस्टरक र सातौ सेमेस्टरका परिक्षाहरु कोरोनाका कारण स्थगित भएका थिए। सुदूपश्चिम विश्वविद्यालयका निमित तर्फ ९ हजार ९ सय ९४ विद्यार्थी अध्यनरत छन्।