थाइल्याण्डमा राजतन्त्रको विरोध गर्दै सडकमा उत्रिए जनता

थाइल्याण्डमा राजतन्त्रको विरोध गर्दै सडकमा उत्रिए जनता

बैंकक : थाइल्याण्डमा राजसंस्थाको पुनर्संरचना तथा राजाका अधिकार कटौती लगायत माग गर्दै हजारौँले प्रदर्शन गरेका छन् ।

यस क्रममा राजा महा भलिरालंकोर्नको शासनशैलीको व्यापक विरोध भएको छ । केही अघिदेखि नै जारी प्रदर्शनमा पछिल्लो समय राजतन्त्र विरुद्ध खुलेर विरोध हुन थालेको हो । थाइल्याण्डमा राजतन्त्रको विरोध गर्न प्रतिबन्ध लगाइनुका साथै दण्डनीय मानिन्छ ।

राजा भलिरालंकोर्न स्वदेश नरहेका बेला उनको कार्यशैलीको विरोध भइरहेको छ । यद्यपि उनले केही प्रतिक्रिया दिएका छैनन् । कोरोनाभाइरसको संक्रमण थाइल्याण्डमा व्यापक रुपमा फैलिरहँदा राजा भने जर्मनीको महंगो रिसोर्टमा आइशोलेट हुन आफ्नो जम्बो टोली लिएर युरोप पुगेका थिए ।

केही दिनदेखि नै व्यापक रुप लिँदै गरेको थाइल्याण्डको आन्दोलन विस्तार हुँदै जानसक्ने स्थानीय मिडियाको टिप्पणी छ । थाइल्याण्डमा यसअघि पनि राजतन्त्रको विरोध हुने गरेको थियो । तर प्रदर्शनहरु सामसुम हुने गरेका थिए । यसपटक कोरोनाभाइरस संक्रमण फैलिरहँदा त्यसको सामना गर्नुको सट्टा विदेश जाँदा राजाको चर्को आलोचना भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.