सरकारले दमन गर्न खोजेको भन्दै गोविन्द केसी काठमाडौं उडे
जुम्ला : चिकित्सा शिक्षामा सुधारको माग गर्दै जुम्लामा अनसन बसेका डा.गोविन्द केसी सोमबार काठमाडौं फर्किएका छन्। सरकारले आफ्ना माग पुरा गर्नुको साटो मौन रहेको र दुई वर्षअघि अनसन बसेको कर्णाली स्वथ्य विज्ञान प्रतिष्ठानमा सरकाले जवरजस्ती गर्न खोज्दा काठमाडौं जान लागेको केसीले बताए।
उनी दिउँसो ४ बो सुमिट एयरको हवाई जहाजबाट नेपालगञ्ज हुदै काडमाडौं उडेका थिए। केसीलाई अहिले चक्कर लाग्ने, मांशपेसी बाउडिने, मुटुको चाल अघिल्लो दिन भन्दा गडबढी भएको, छाति अत्याधिक दुखेको स्वास फेर्न गाह्रो भएको, पिसावको मात्रामा कमि भएको र प्रेसर क्रमिक रुपमा घट्दै गएको चिकित्सकहरुले बताएका थिए।
केसी अन्सन बसेको सातौं दिन शनिबारको राति साढे १० बजे प्रहरीले जवरजस्ती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको थियो। केसीले स्वास्थ्य चेक जाँच गराउन दिएका थिएनन् भने स्लाइन पनि लिन मानेका थिएनन्।