नागरिकता विहीन राउटेले मनाए संविधान दिवस, तर थाहा छैन ‘संविधान भनेको के हो ?’

नागरिकता विहीन राउटेले मनाए संविधान दिवस, तर थाहा छैन ‘संविधान भनेको के हो ?’

दैलेख : नेपाली नागरिकता विहीन राउटे समुदायले यस वर्ष पनि धुमधाम साथ संविधान दिवस मनाए ।

दैलेखको गुराँस गाउँपालिका–८ भ्यूचुलास्थित धनचौरमा रहेका राउटेले आफ्नै बस्तीमा दिवस मनाएका हुन् । दिवसका अवसरमा एइआइएन लक्जेम्बर्गको सहयोग तथा गुराँस गाउँपालिकाको समन्वयमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले कार्यक्रम आयोजना गरेको थियो ।

संविधान दिवसको अवसरमा राउटे बालक, युवा तथा वृद्धहरुले गाउँपालिका जनप्रतिनिधि लगायतको उपस्थितिमा आफ्नै संस्कृृति झल्कने नाचसमेत देखाए । उनीहरुले आफ्नो मौलिक कला, संस्कृति र भेषभुषा प्रदर्शन समेत गरेका थिए । राउटेको झाँकीले कार्यक्रममा रौनक थपेको थियो । पछिल्लो तीन वर्षयता संविधान दिवस मनाउँदै आएका राउटे समुदाय यसअघि कर्णाली प्रदेश सरकारले राजधानी विरेन्द्रनगर सुर्खेतमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुन जान्थे । यस वर्ष भने आफुहरु बसिरहेको बस्तीमै संविधान दिवस मनाएका हुन् ।

संविधानबारे अनभिज्ञता

धुमधामसाथ दिवस मनाए पनि सबै राउटेले संविधानबारे अनभिज्ञता प्रकट गरे । राउटे महामुखिया महिनबहादुर शाही भन्छन्, ‘संविधान के हो हामीलाई केही थाहा छैन, अघिल्लो वर्ष सुर्खेतमा बोलाएपछि समुदायका २० जना पुगेर दिवस मनाएका थियौँ, यस वर्ष बस्तीमै कार्यक्रम दिवस मनायौँ ।’ उनले संविधानमा व्यवस्था गरिएका आफ्ना अधिकारका विषयमा जानकारी नभएको बताए ।

राउटे समुदायका नागरिकहरुलाई २०७५ सम्म सरकारी प्रमाणपत्र विना नै सरकारी सुविधा प्रदान गरिन्थ्यो । तर, २०७५ असार ३० गते दैलेखको गुराँस गाउँपालिकाले परिचय पत्र प्रदान गरेको थियो । हाल सोही परिचयपत्रका आधारमा उनीहरुले सरकारी सुविधा (सामाजिक सुरक्षा भत्ता) लिइरहेका छन् । राउटे मुखिया सूर्यनारायण शाहीले आफूहरू स्वतन्त्र रूपमा बसोबास गर्न चाहने बताए । ‘तत्कालका तत्काल परिवर्तन हुन सकिँदैन । विस्तारै परिवर्तन हुन्छौँ,’ मुखिया शाहीले आफ्नै लवजमा भने ।

संविधान दिवसमा राउटेलाई खाद्यान्न

फिरन्ते रुपमा जीवनयापन गर्दैआएका राउटे समुदाय हाल गुराँस गाउँपालिका –८ को धनचौरमा बसोबास गर्दै आएको छ । उनीहरुको जनसंख्या १ सय ५१ छ । संविधान दिवसको अवसरमा राउटे समुदायलाई खाद्यान्न वितरण गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले खाद्यान्न उपलब्ध गराएको हो । ४६ घरपरिवारलाई चामल, तेल, नुन लगायत खाद्यान्न उपलब्ध गराइएको छ ।

संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापाले खाद्यान्न अभाव झेलिरहेका राउटे नागरिकहरुलाई संविधान दिवसको अवसर पारेर खाद्यान्न उपलब्ध गराइएको बताए । केही दिनअघि राष्ट्रिय बाल दिवस समेत मनाएका राउटेको कला र संस्कृति बचाउन औपचारिक कार्यक्रममा सहभागी गराउन थालिएको थापाको भनाइ छ ।

पछिल्लो समय राउटेले आफू परिवर्तन हुने चाहना व्यक्त गर्न थालेको बताइन्छ । त्यसैले उनीहरूलाई संस्कृति र परम्परा जोगाउँदै सामाजिकीकरणको मूल प्रवाहमा ल्याउन खोजिएको अध्यक्ष थापाले भने ।

गुराँस गाउँपालिका–८ का वडाध्यक्ष पूर्णबहादुर ओलीले राउटे नागरिकहरुको जीवनशैली परिवर्तन हुन थालेको बताए । ‘सरसफाइमा ध्यान दिन थालेका छन्, अनिवार्य हात धुनुपर्छ धन्ने बानी परेको छ,’ वडाध्यक्ष ओलीले भने । साथै उनीहरुले दैनिक आम्दानीका लागि मजदुरी गर्न समेत थालिसकेका छन् ।

राउटे समुदायलाई दक्षिण एसियाकै एक मात्र फिरन्ते जाति मानिन्छ । आफूलाई वनको राजा भन्न रुचाउने राउटे कर्णालीका दैलेख, सुर्खेत लगायत जिल्लाका जंगलमा भ्रमणशील जीवनयापन गर्दै आएका छन् ।

राउटेले स्थायी बसोबास, लेखपढ र खेतीपातीलाई अस्वीकार गर्दै आएको छ । सरकारले राउटे समुदायका प्रत्येक व्यक्तिलाई मासिक रुपमा सामाजिक सुरक्षा भत्ताको व्यवस्था पनि गरेको छ ।

नेपालको संविधान २०७२ ले कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने व्यवस्था रहे पनि यो समुदायका नागरिकले नागरिकता लिएका छैनन् । स्थानीय प्रशासन र सरकारले पटक–पटक नागरिकता प्रमाणपत्र दिलाउन खोजे पनि राउटेले इन्कार गर्दै आएका छन् । यद्यपि उनीहरु आफूलाई नेपाली नागरिककै रुपमा चिनाउँछन् । साथै सरकारले उनीहरुलाई एकै ठाउँमा बस्न आग्रह गरे पनि अस्वीकार गर्दैआएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.