अमेरिकामा २ वर्षे बालकले गोली हानी आत्महत्या गरे !
वासिङटन : अमेरिकाको उत्तरी क्यारोलिनास्थित २ वर्षीय एक बालकले बन्दुक हानी आत्महत्या गरे ।
प्रहरीका अनुसार दुई वयष्क र एक किशोर उनीसँगै घरमै थिए । गत बुधबार बिहान फ्याटभिल्लास्थित आफ्नै घरमा ती बालक गोली हानी घाइते भएपछि उपचारका लागि लगिएका थिए । तर शनिबार उनको मृत्यु भएको क्यारोलिना प्रहरीले पुष्टि गरेको हो ।
गोली प्रहारपछि ती बालकलाई चपेल हिलस्थित यूएनसी हस्पिटलमा उपचारका लागि लगिएको थियो । घटनास्थलबारे केही अस्पष्टता रहेको र कसैलाई पनि अहिलेसम्म प्रहरीले पक्राउ गर्न नसकेको जनाएको छ ।
यद्यपि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एकजना छिमेकीले स्थानीय मिडियालाई जनाए अनुसार घटनास्थलमा प्रहरी पुग्नु भन्दा पहिले एक महिला सहयोग माग्दै चिच्याइरहेकी थिइन् ।
अमेरिकाका विभिन्न स्थानमा हरेक वर्ष स्कुले बालबालिकाले स्कुलमै गोली चलाउने तथा अन्य हिंसात्मक घटना गरेको समाचार सार्वजनिक भइरहन्छन् । जसले गर्दा बेला बेला आम नागरिकलाई बन्दुक खुला गर्न नहुने माग पनि उठ्ने गरेको छ ।