चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बेंसीसहर : लमजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। सोमबार बेलुका चट्याङले बेंसीसहर नगरपालिका ६ पुमागाउँका ४२ वर्षीय सन्ते विकको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार साँढे ५ बजेतिरको चट्याङले विक घाइते भएका थिए। 

घाइते विकलाई उपचारका लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल बेंसीसहर ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए। शवको मंगलबार पोष्टमार्टम हुने छ। 

चट्याङले पुमागाउँकै २२ वर्षीया चिजा गुरुङ घाइते भएकी छिन्। उनको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रनाउ थापाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.