‘बेलायतमा महामारीका कारण अझै जटिल दिन आउन सक्ने चेतावनी’

‘बेलायतमा महामारीका कारण अझै जटिल दिन आउन सक्ने चेतावनी’

बेलायत : बेलायतका वरिष्ठ चिकित्सा सल्लाहकारहरुले देशमा कोरोनाभाइरसका कारण नराम्रो दिन आउन सक्ने चेतावनी दिएका छन्। महामारीको पछिल्लो अवस्था हेर्दा र थप उच्च व्यवस्थापन गर्न नसकिएमा नराम्रो अवस्था आउनसक्ने भन्दै उनीहरुले सोमबार चेतावनी दिएका हुन्।

कोरोना महामारीको दोस्रो लहर आएको र त्यसले तल्लो तहसम्म र पहिलाभन्दा बढी असर पार्न सक्ने उनीहरुको विश्लेषण छ। दोस्रो चरणको महामारीमा हरेक हप्ता दोब्बर सङ्क्रमितहरुको सङ्ख्यामा बृद्धि हुँदै गइरहेको र पहिलो चरणको भन्दा तीव्र भएको उनीहरुको भनाइ छ।

त्यो महामारीको फैलावट रोक्नका लागि पहिलाकोभन्दा तीव्र र प्रभावकारी उपायहरु अवलम्बन गर्नु पर्नेमा प्रमुख बैज्ञानिक अधिकृत पात्रिक भलान्सले जोड दिए। उनले भने, 'अन्य देशहरुको यस्तै अभ्यास र अवस्था हेर्दा मृत्यु हुनेहरुको संख्या धेरै बृद्धि हुँदै जाने देखिएको छ।' 

उनले बेलायतीसँग गलत मानसिकता रहेको र त्यसले नै नराम्रो अवस्थामा पुर्‍याउन सहयोग पुर्‍याउने चिन्ता पनि व्यक्त गरे। चिन्ताजनक अवस्था बढ्दै गएकाले प्रधानमन्त्री बोरिस जोनसोनले पनि यसै हप्ता थप प्रतिवन्धात्मक व्यवस्थाहरु घोषणा गर्ने अपेक्षा गरिएको बताइएको छ। 

कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्याका आधारमा बेलायत अहिले १४ औँ अग्रपङक्तिमा पर्दछ। बेलायतमा अहिलेसम्म तीन लाख ९४ हजार २५७ जना सङ्क्रमित भएका छन् भने तीमध्ये ४१ हजार ७७७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.