अमेरिकामा करिब २ लाख कोरोना संक्रमितको मृत्यु

अमेरिकामा करिब २ लाख कोरोना संक्रमितको मृत्यु

वासिङ्टन : अमेरिकामा करिब २ लाख कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा १ लाख ९९ हजार ८१७ संक्रमितको ज्यान गइसकेको हो ।

वल्र्डुमिटरका अनुसार अमेरिकामा सोमबार ३८८ कोरोना संक्रमितको ज्यान गएको छ । केही दिनअघिदेखि अमेरिकामा मृत्युदर घटेको छ । 

शनिबार ६५७ संक्रमितको मृत्यु हुँदा आइतबार सो संख्या घटेर २९४ को मात्र ज्यान गएको थियो ।

यसैगरी सोमबार अमेरिकामा थप ३६ हजार ३७२ संक्रमित भेटिएका छन् । यससँगै संक्रमितको संख्या ६८ लाख ३५ हजार ३९४ पुगेको छ । जसमध्ये २६ लाख १५ हजार ९४९ निको भइसकेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.