यूकेमा कोरोना संक्रमण बढ्न थालेपछि थप कडाइ

यूकेमा कोरोना संक्रमण बढ्न थालेपछि थप कडाइ

लण्डन : बेलायतमा कोरोनाभाइरसको संक्रमण बढेसँगै लकडाउन कडा पारिने भएको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले बिहीबार सबैलाई घरबाटै काम गर्न आग्रह गरेका छन् । साथै रेष्टुरेण्ट, बार, पब लगायत भिडभाड हुने व्यवसायमाथि प्रतिबन्ध लगाउने भएका छन् । विज्ञहरुले बेलायतमा दोस्रो लहरको कोरोनाभाइरस फैलिएको बताएपछि प्रधानमन्त्री जोन्सनले कडाइ गरेका हुन् ।

संसदलाई सम्बोधन गर्दै जोन्सनले थप कडाइ गर्ने भएका हुन् । तर बेलायतमा गत मार्चदेखि लागेको पूर्ण र राष्ट्रव्यापी लकडाउनलाई हेरफेर गर्दैछन् । विज्ञहरुले बेलायतमा नयाँ कदम नचालेको खण्डमा आगामी साता कोरोनाभाइरस संक्रमित र मृतकको संख्या अनपेक्षित रुपमा बढ्नसक्ने चेतावनी दिएका छन् ।

हाल बेलायतमा कोभिड १९ का बिरामी हरेक दिन ६ हजारका दरले बढ्दै छन् । विभिन्न कार्यालय खुलेर कामदारहरु काममा फर्कन थालेको केही हप्तापछि नै जोन्सनले सम्भव भएकाजति सकेसम्म घरबाटै काम गरिदिनुपर्ने भन्दै आग्रह गरे । युरोपमा सबैभन्दा कोभिडका बिरामी भएको देश नै बेलायत हो । साथै विश्वमा पाचौँ धेरै संक्रमित भएको देशको रुपमा चिनिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.