अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो

वासिङ्टन : अमेरिकामा महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा २ लाख ७८६ कोरोना संक्रमितको ज्यान गएको हो।

मंगलबार अमेरिकामा ९६९ संक्रमितको ज्यान गएसँगै मृतक संख्या २ लाख बढी पुगेको हो। यो संख्या कोरोनाबाट मृत्यु हुनेमा विश्वमै सबभन्दा बढी हो। मृतक संख्या २ लाख नाघेपछि यो अत्यन्तै अधिक विन्दु भएको जोन्स हप्किन्स विश्वविद्यालयका जनस्वास्थ्य अनुसन्धानकर्ता जेनिफर नुज्जोले बताएका छन्। 

यसैगरी अमेरिकामै सबभन्दा बढी संक्रमित पनि रहेका छन्। मंगलबार ३५ हजार ६९६ संक्रमित थपिएसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या ६८ लाख ९६ हजार २१८ पुगेको छ। जसमध्ये २६ लाख ४६ हजार ९५९ निको भइसकेका छन्।

गत डिसेम्बरदेखि फैलिएको कोरोनाबाट हालसम्म विश्वभर ३ करोड ५१ लाख ७ हजार ८७ संक्रमित भइसकेका छन्। जसमध्ये २ करोड १६ लाख २४ हजार बढी निको भएका छन् भने ९ लाख ६९ हजार ५७८ को ज्यान गइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.