उपत्यकामा १६ वर्षीय किशोरसहित ३ जनाको मृत्यु, ६३७ मा कोरोना संक्रमण

उपत्यकामा १६ वर्षीय किशोरसहित ३ जनाको मृत्यु, ६३७ मा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाबाट तीन जनाको मृत्यु भएको छ भने ६३७ जनामा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ६३७ जनामा संक्रमण र उपचारका क्रममा ३ जनाको मृत्यु भएको हो।

काठमाडौंकी ६८ वर्षीया महिला र १६ वर्षीय किशोर र ललितपुरमा ७४ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो। यस्तै मन्त्रालयका अनुसार  काठमाडौंका ४९२, भक्तपुरका ५० र ललितपुरका ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ११ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ।  यो सहित संक्रमितको संख्या ६७ हजार ८०४ पुग्यो स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

१७ हजार ४१४ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार २२८ जना रहेका छन् भने होम आइसोलेसनमा  ९ हजार १८६ जना छन्। यस्तै क्वारेन्टाइनमा ७ हजार १०४ जना रहेका छन्। 

मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा ९ हजार ४९७ पीसीआर परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा १८ सय ९३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो ७३ दशमलव ७ प्रतिशत हो। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ। 

आइसीयूमा २२० र भेन्टिलेटरमा ४३ जनाको उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट हालसम्म ४३६ जनाको मृत्यु भएको छ। बुधबार  मात्रै ७ जनाको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.