मिडिया एलाइन्स नेपाल घोषणा

मिडिया एलाइन्स नेपाल घोषणा

काठमाडौं : मिडिया उद्योगहरूको हकहित र संरक्षणका लागि काम गर्न ‘मिडिया एलाइन्स नेपाल’ नामक संस्था गठन भएको छ। राजधानीमा बुधबार मूलधारका मिडिया उद्योग सञ्चालकहरूको उपस्थितिमा एलाइन्सको तदर्थ समिति घोषणा गरियो। 

मिडिया क्षेत्रको लगानीको संरक्षण तथा सञ्चार क्षेत्रमा कार्यरत पत्रकार र कर्मचारीसमेतको हकहितका लागि सञ्चार उद्यमीहरूको साझा संस्थाका रूपमा एलाइन्स स्थापना गरिएको हो। एलाइन्सले सञ्चार क्षेत्रका लगानीकर्ताको हकहितको संरक्षण गर्ने, सञ्चार उद्यमलाई सेवा उद्योगको मान्यता दिलाउन पहल गर्ने, विज्ञापन नियमन गर्न बनेको ऐन २०७७ को कार्यान्वयनमा भएको ढिलाइका विषयमा आवश्यक पहल गर्नेलगायत ३० उद्देश्य राखेको छ। 

एलाइन्सका अध्यक्षमा एभीन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार छन्। उपाध्यक्षमा राजधानी न्युज पब्लिकेसन प्रालिका अध्यक्ष महेन्द्र शेरचन र माउन्टेन टेलिभिजन प्रालिका अध्यक्ष राजु कँडेल छन्। महासचिवमा इमेज च्यानल प्रालिका सीईओ लक्ष्मण हुमागाईं र कोषाध्यक्षमा इम्प्रेसन पब्लिकेसन तथा मिडिया प्रालिका अध्यक्ष उज्ज्वल शर्मा छन्। 

यसैगरी, सदस्यमा जनता प्रकाशन तथा प्रसारण लिमिटेडका अध्यक्ष डा. विजय पौडेल, प्राइम टाइम टेलिभिजनका अध्यक्ष ऋषि धमला, एपी वान टेलिभिजनका उपाध्यक्ष राजेन्द्र शाक्य र रिपब्लिका मिडिया प्रालिकी सीईओ समृद्धि ज्ञवाली छन्। एलाइन्सका सल्लाहकारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा र रिपब्लिका मिडिया प्रालिका अध्यक्ष विनोद ज्ञवाली छन्। 

एलाइन्सका अध्यक्ष राजकर्णिकारले तदर्थ समिति घोषणा समारोहमा यो संगठन संकुचित नभएको बताए। ‘यो संकुचित संगठन होइन’, उनले भने, ‘हामी बृहत् रूपमा अगाडि बढ्नेछौं। सबैलाई हाम्रो संगठनमा जोड्नेछौं।’ मिडियामा अहिले विज्ञापनको कारोबार १ सय २० करोडको रहेकामा यसलाई बढाएर २ हजार ५ सय करोड पुर्‍याउने लक्ष्य रहेको उनले बताए। 

एलाइन्सका सल्लाहकार क्याप्टेन थापाले एलाइन्सको मुख्य उद्देश्य लोकतन्त्र र राष्ट्रियताको रक्षा एवं सम्बद्र्धन रहेको बताए। थापाले सञ्चार क्षेत्रले अझै उद्योगको मान्यता पाउन नसकेको बताए। सञ्चार उद्योगको लगानीकर्ताको हितका लागि कुनै कानुनसमेत नबनेको उनको भनाइ छ। ‘सञ्चार क्षेत्रमा कार्यरत पत्रकारको पेसागत सुरक्षाका लागि थुप्रै कानुन बनेका छन्’, उनले भने, ‘तर, सञ्चार उद्योगको लगानीकर्ताका लागि भनेर कुनै कानुन छैन। बरु राज्यले मिडियालाई हेर्ने दृष्टिकोण फरक हुँदै गएको छ।’ 

इमेज गु्रप अफ कम्पनीका अध्यक्ष आरके मानन्धरले सञ्चार उद्योगहरूको हितका लागि गठन भएका पुराना समितिले काम गर्न नसकेको बताए। उद्योगलाई बचाउन नसकिए सञ्चार क्षेत्रमा काम गर्ने पत्रकार र कर्मचारीलाई समेत सेवासुविधा दिन अप्ठ्यारो पर्ने भएकाले पहिले मिडियालाई नै संरक्षण गर्नुपर्ने उनको धारणा थियो। महासचिव हुमागाईंले एलाइन्स समग्र मिडिया उद्योगको हकहितका लागि भएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.