‘मापदण्ड पालना नहुने सेवा र व्यवसाय एक महिना बन्द गर्न सिफारिस’

‘मापदण्ड पालना नहुने सेवा र व्यवसाय एक महिना बन्द गर्न सिफारिस’

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सक्रिय संक्रमित २५ हजार नाघे पुनः लकडाउन गर्ने निष्कर्षमा पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २५ हजारभन्दा बढी सक्रिय संक्रमित भए व्यवस्थापन गर्न कठिन पर्ने भएकाले लकडाउन गर्न सिफारिस गर्ने निर्णय भएको बताए। बुधबारसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ छ।

‘स्वास्थ्यसम्बन्धी निकायहरूले २५ हजारभन्दा बढी सक्रिय संक्रमित हुँदा व्यवस्थापन गर्न गाह्रो हुने जानकारी दिएकोले यस्तो निर्णय गरिएको हो’, प्रवक्ता डा. गौतमले भने। उनका अनुसार अन्तर्राष्ट्रिय सीमा नाकाहरूमा हेल्थ डेस्क स्थापनाका लागि जनशक्ति व्यवस्थापन गर्न दरबन्दी संरचना पुनरावलोकन गरी स्वीकृति गर्ने निर्णयसमेत गरिएको छ। 

मन्त्रालयअन्तर्गतको इन्सिडेन्ट कमान्ड सिस्टमको बुधबार बसेको बैठकले निषेधाज्ञापछि पनि संक्रमणदर बढिरहेकाले जोखिम झन् उच्च भएको निष्कर्ष निकालेको हो। बैठकले जनस्वास्थ्य मापदण्ड पालना हुन नसक्ने सबै सेवा र व्यवसाय कम्तीमा एक महिना बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको छ। मुलुकभर बुधबार मात्रै  ४ सय २६ महिलासहित १ हजार १ सय७२ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये काठमाडौं उपत्यकामा ६ सय ३७ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। 

काठमाडौं, ललितपुर र भक्तपुरमा सक्रिय संक्रमितको संख्या ५ सयभन्दा बढी छ। बुधबार काठमाडौंमै ४ सय ९२ जनासंक्रमित थपिएका छन्। जसमध्ये १ सय ६८ महिला र ३ सय २४ पुरुष छन्। भक्तपुरमा ४७ महिला र ४८ पुरुष गरी ९५ र ललितपुरमा २६ महिला र २४ पुरुष गरी ५० जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। 

जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले दसैंको बेला भारतलगायत विभिन्न मुलुकबाट आउने नेपालीका कारण संक्रमणको जोखिम उच्च हुने बताए। ‘चाडवाडको समयमा घर आउने र किनमेल बढी हुने भएकोले जोखिम उच्च छ। सुरक्षा मापदण्ड पनि अपनाएको पाइँदैन। यसले संक्रमणदर झन् वृद्धि  हुन सक्छ’, डा. मरासिनीले भने।

निको हुने दर ७३ प्रतिशत

कोरोना संक्रमण निको हुने दर ७३.७ प्रतिशत छ। हालसम्म कुल संक्रमितमध्ये ४९ हजार ९ सय ५४ जना निको भइसकेका छन्।यीमध्ये पुरुष ७४ र महिला २६ प्रतिशत छन्। बुधबार १हजार ८ सय ९३ जना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म कोरोना संक्रमणबाट ४ सय ३६ जनाको ज्यान गएको छ। जुन ०.६ प्रतिशत हो। हालसम्म ६७ हजार ८ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.