नारायणी नदीमा पानीको बहाव उच्च : गण्डक ब्यारेजका सबै ढोका खोलिए

नारायणी नदीमा पानीको बहाव उच्च : गण्डक ब्यारेजका सबै ढोका खोलिए

परासी : नारायणी नदीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिएको छ । तीन दिनदेखि परेको लगातारको वर्षाका कारण नदीमा पानीको सतह बढेसँगै जोखिम बढेकाले ब्यारेजका सबै ढोका खोलिएको भूआर्जन तथा जनसम्पर्क कार्यालयका जनसम्पर्क अधिकारी तारासिंह थापाले बताए । 

व्यारेजले भारतको बिहार प्रदेशस्थित भैंसालोटन र पूर्वी नवलपरासीलाई जोडेको छ । ब्यारेजमा अहिले ३ लाख ३२ हजार क्यूसेक प्रति सेकेण्ड पानीको बहाव छ । यो बढ्ने क्रममा छ । ४ लाख क्यूसेक पुगेपछि उच्च खतरा मानिन्छ । देवघाट क्षेत्रमा पानीको सतह खतरामा पुगेको छ । उक्त पानी क्रमशः बग्दै आएको र त्यसले ब्यारेजलाई समेत जोखिममा पार्ने भएकाले सजगता अपनाइएको थापाले बताए । 

यसैबीच गण्डकमा पानीको सतह बढ्दै गएपछि तटिय क्षेत्रका स्थानीयलाई सजगता अपनाउन आग्रह गरिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए । ब्यारेजका कारण पश्चिम नवलपरासीका करिब ४० गाउँ डुबानको जोखिममा पर्दै आएका छन् । संभावित क्षतिलाई जोगाउन जोखिम क्षेत्रमा पूर्वतयारीका साथ सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी पाठकले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.