बझाङमा पनि कोरोना प्रयोगशाला सञ्चालनमा

बझाङमा पनि कोरोना प्रयोगशाला सञ्चालनमा

बझाङ : जिल्ला अस्पताल बझाङमा कोरोना प्रयोगशाला सञ्चालनमा आएको छ । जिल्ला अस्पताल बझाङले बुधबार बेलुका ७ बजे एक प्रेस विज्ञप्तीमार्फत प्रयोगशाला सञ्चालनमा आएको जानकारी गराएको छ । 

एक महिला अगाडिदेखि जिल्लामा पीसीआर मेसिनका लागि पहल भएको थियो । सबै उपकरण आएपछि जिल्ला अस्पतालको नयाँ भवनमा प्रयोगशाला स्थापना गरेको जिल्ला अस्पतालका डाक्टर सन्दीप ओखेडाले बताए । 

मेसिन आएपछि परीक्षण गरिएका स्वाबमध्ये ५ वटाको पोजिटिभ र ५ वटाको नेगेटिभ रिपोर्ट आएको थियो। ती नमुना पुन: परीक्षणका लागि डडेल्धुरा अस्पतालको प्रयोगशामा पठाएको थियो। नतिजा समान आएपछि जिल्ला अस्पताल बझाङको कारोना प्रयोगशालाले मान्यता पाएको हो । 

प्रयोगशालमा दैनिक २०० नमुना जाँच गर्न सक्ने क्षमता छ  । जिल्ला अस्पतालका प्रमुख डाक्टर सन्दिप ओखेडाले ढिलै भएपनि कोरोना परीक्षण प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याउन सफल भएको भन्दै सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरे।

अस्पताल स्रोतका अनुसार अब बझाङमा परिक्षणको दायरा बढाइने छ भने नतिजा आउन धेरै समय लाग्ने छैन । भदौ २६ गते जिल्लामा  भित्रिएको पिसिआर जडान गर्ने इन्जिनियर बैतडीको प्रयोगशालामा व्यस्त हुँदा बझाङको प्रयोगशाला मेसिन जडानमा केही ढिलो भएको थियो । 

मेसिन ल्याउनका लागि मेडिसोलुसन इन्टरनेसनल प्राली काठमाडौंसँग १ करोड २५ लाख ४२ हजार एक सय भ्याटसहित सम्झौता भएको थियो । गत जेठ २६ गते बझाङका १२ स्थानीय तह र जिल्ला समन्वय समितिको पहलमा पीसीआर मेसिन किन्ने निर्णय भएको थियो ।

सोही निर्णयअनुसार असार १ गतेभित्र मेसिन ल्याएर परीक्षण थाल्ने तयारी गरेको भए पनि नेपाल र चिनको सिमानाका केरुङमा बाढी पहिरो आउँदा करिब दुई साता मेसिन थन्किएको जिल्ला अस्पतालका कोरोना फोकल प्रर्सन डा. मिलन खड्काले बताए । 

मेसिन खरिदका लागि जिल्लाका २ नगरपालिकाले र जिल्ला समन्वयले १५ / १५ लाख दिएको थियो । साथै गाउँपालिकबाट १०/ १० लाख रकम दिएको थियो भने अन्य संघ संस्थाहरुले पनि सहयोग गरेका थिए । 

पीसीआर रिर्पोट ढिला आउँदा क्यारेन्टाइनबाट भाग्न समस्याको अन्त्य भएको छ। पीसीआर परीक्षण गराउन चाहनेहरुका लागि प्रतिव्यक्ति २ हजार शुल्क तोकिएको अस्पतालले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.