भारतमा कोरोनाबाट एकैदिन एक हजार बढीको मृत्यु

भारतमा कोरोनाबाट एकैदिन एक हजार बढीको मृत्यु

नयाँदिल्ली : भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५७ लाख ३२ हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा ८६ हजार ५०८ जना नयाँ संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

मन्त्रालयकाअनुसार २४ घण्टाको अवधिमा एक हजार १२९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ९१ हजार १४९ जना पुगेको छ । भारतमा हाल ९ लाख ६६ हजार सक्रिय संक्रमित छन् भने ४६ लाख ७४ हजार ९८८ जना निको भएर डिस्चार्ज भइसकेका छन् । 

भारतीय राज्य महाराष्ट्र सबैभन्दा प्रभावित रहेको छ । त्यहाँ हालसम्म २ लाख ७४ हजार सक्रिय संक्रमित छन् भने ९ लाख ५७ हजार निको भएकार छन् । यहाँ ३३ हजार ८८६ जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ । 

कर्नाटका राज्यमा हाल करिब ९५ हजार व्यक्ति सक्रिय संक्रमित छन् भने ४ लाख ३८ हजार निको भएर डिस्चार्ज भइसकेका छन् । यहाँ ८ हजार २६६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

अर्कोतर्फ आन्ध्र प्रदेश तेस्रो सर्वाधिक प्रभावित राज्य बनेको छ । यहाँ हाल ७० हजार मानिस सक्रिय संक्रमित अवस्थामा छन् भने ५ हजार ५०७ जनाको मृत्यु भइसकेको छ । 

राज्यमा ५ लाख ७० हजार मानिस निको भएर घर फर्किएका छन् । यसैबीच भारतीय स्वास्थ्य अनुसन्धान परिषद (आइसिएमआर) ले सेप्टेम्बर २३ तारिखसम्म कूल ६ करोड ७४ लाख ३६ हजारको परीक्षण गरिएको जनाएको छ । पछिल्लो एक दिनमा मात्र ११ लाख ५६ हजारको स्वास्थ्य परीक्षण गरिएको थियो। 

मन्त्रालयकाअनुसार कोरोना भाइरस संक्रमितहरुको निको हुने दर पाँचौं दिनसम्म लगातार वृद्धि भइरहेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.