बालिका बलात्कार कसुरमा १३ वर्ष कैद
उदयपुर : १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका उदयपुरको कटारी नगरपालिका ७ का १८ वर्षीय अनिलकुमार दनुवारलाई जिल्ला अदालतले बिहीबार १३ वर्ष कैद फैसला सुनाएको छ।
जिल्ला न्यायाधिश दिपक खनालको एकल इजलासले कसुर ठहर गर्दै १३ वर्ष कैद, पाँच हजार जरिवाना र पीडितलाई क्षतिपुर्ति वापत १५ हजार उपलब्ध गराउने गरी फैसला सुनाएको हो। अदालतले अपराध पीडित संरक्षण कोष २०७५ को दफा ७१ बमोजिम प्रतिवादीबाट पीडित राहत कोषमा दुई हजार दुई सय रुपैयाँसमेत जम्मा गर्न आदेश दिएको तहसिलदार राजकुमार आचार्यले जानकारी दिए।
कसुरदारले गत जेठ १८ गते बालिकालाई घरबाट विभिन्न प्रलोभनमा पारी धमिनी गाउँमा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले कारवाहीको माग गर्दै जेठ २० गते इलाका प्रहरी कार्यालयका जाहेरी दिएका थिए। पीडित पक्षका निवेदनसँगै पक्राउ परेका कसुरदारलाई अदालतले असार १० गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।