गण्डक बाँध फुट्ने खतरा

गण्डक बाँध फुट्ने खतरा

परासी : गण्डक ब्यारेजमा पानीको सतह खतरामाथि पुगेको छ। जसका कारण बाँध फुट्ने खतरा बढेको छ। गण्डक ब्यारेजमा बिहीबार ४ लाख ४ हजार क्यूसेक पानी पुगेको छ।

४ लाख बढी पुगेपछि उच्च खतरा मानिने भूआर्जन तथा जनसम्पर्क कार्यालयका जनसम्पर्क अधिकारी तारासिंह थापाले बताए। ब्यारेजले भारतको बिहार प्रदेशस्थित भैंसालोटन र पूर्वी नवलपरासीलाई जोडेको छ। ब्यारेज निर्माणका क्रममा यसको क्षमता ७ लाख क्यूसेक थियो। जीर्ण हुँदै गएपछि अहिले मुस्किलले ४ लाख क्यूसेक भन्दा बढी पानी थेग्न नसक्ने उनले जानकारी दिए। अहिले ४ लाख ४ हजार क्यूसेक बढी पानी आएको र यो क्षमता भन्दा बढी भएकाले बाँध फुट्ने खतरा बढेको थापाले बताए। खतरा बढेसँगै पश्चिम नवलपरासीका करिब ४० गाउँ डुबानको जोखिममा परेका छन्।

पानीको बहाव खतराभन्दा माथि पुगेपछि सम्भावित क्षतिलाई जोगाउन जोखिम क्षेत्रमा पूर्वतयारीका साथ सुरक्षाकर्मीलाई तयारी अवस्थामा खटाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.