पहिरो खस्दा वीपी राजमार्ग अवरुद्ध

पहिरो खस्दा वीपी राजमार्ग अवरुद्ध

काभ्रे : वीपी राजमार्ग अन्तरगत नमोबुद्ध नगरपालिका-२ सेल्फी डाँडा नजिकै शुक्रबार बिहान पहिरो खसेर राजमार्ग अवरुद्ध भएको छ। बिहान सडकमाथिबाट खसेको पहिरोको कारण सडक अवरूद्ध भएको नमोबुद्ध नगरपालिका- २ का अध्यक्ष संजिब ढकालले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए। 

पहिरो पन्छ्याउने काम सुरु भएको तर दुवैतर्फ अवरुद्ध रहेको कारणले एम्बुलेन्ससमेत रोकिएको वडा अध्यक्ष ढकालले बताए। तत्काल राजमार्ग खुलाउनको लागि  जेसिभि बाटोमा आउँदै गरेको ढकालको भनाई छ।

राजमार्गमा पहिरो खसेपछि वीपी राजमार्ग हुदै पुर्व जाने र पुर्वबाट काठमाडौं आउने सवारीहरु बीच बाटोमै अलपत्र परेका छन्। पहिरो खसेपछि अवरुद्ध राजमार्ग खोल्नको लागि सडक विभागको तीन वटा जेसिबि पहिरो पन्छ्याउन बाटोमा आउँदै गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेमा प्रमुख विशाल तामाङले जानकारी दिए। राजमार्ग खुलाउनको लागि पहल भइरहेको तामाङले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.