कोरोनाको खोप परीक्षणका लागि स्वयंसेवकलाई जीवित भाइरस !

कोरोनाको खोप परीक्षणका लागि स्वयंसेवकलाई जीवित भाइरस !

कोभिड-१९ विरुद्ध खोप परीक्षण गर्नका लागि स्वस्थ स्वयंसेवकहरूलाई कोरोना भाइरसबाट संक्रमित बनाउने पहिलो मुलुक बेलायत बन्न सक्ने बताइएको छ । 'च्यालेन्ज ट्रायल' भनिने त्यस्तो किसिमको परीक्षण लन्डनमा सम्पन्न गरिने भएको छ । त्यस्ता स्वयंसेवकलाई कोरोना भाइरसबाट जानाजान संक्रमित बनाएर सम्भावित खोपको प्रभावकारिता जाँच्न खोजिनेछ । यस विषयमा द फाइनान्सीयल टाइम्सले पहिलोपटक समाचार प्रकाशन गरेको थियो ।

बेलायत सरकारले 'ह्यूमन च्यालेन्ज स्टडीज' मार्फत् खोप विकास गर्ने विषयमा छलफल गरिरहेको जनाएको छ । तर हालसम्म कुनै पनि किसिमको सम्झौता भने गरि नसकिएको बुझाइ छ । त्यस्तो किसिमको परीक्षण गर्नका लागि सहमति दिइएमा स्वयंसेवक बन्न १८ वर्षे विद्यार्थी एलास्टेर फ्रेजर-उरक्युहार्ट तयार छन् ।

उनले भने, 'मलाई लाग्छ यस्तो किसिमको परीक्षणबाट हजारौँको जीवन रक्षा गर्न सकिन्छ र साँच्चै विश्वलाई यो महामारीबाट बाहिर ल्याउन सकिन्छ । यो कुरा मलाई अर्थपूर्ण लाग्यो।'

अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक पीटर होर्बीले त्यस्तो परीक्षणको विचार राम्रो रहेको र यसमा रोग बारे वास्तविक बुझाई प्राप्त गर्ने क्षमता रहेको बताए। उनले भने, 'हामीलाई थाहा छ कि स्वस्थ युवामा खतरा अत्यन्तै कम छ।' 'हामीले यसबारे पहिले पनि शङ्का गरेका थियौँ तर हामीसँग यस्तो किसिमको परीक्षण अघि बढाउनका लागि प्रमाण थिएन। तर अब, मलाई लाग्छ कि हामीसँग स्पष्ट तथ्याङ्क छ।''अर्को कुरा के छ भने हामीसँग अहिले केही त्यस्ता उपचार विधि छन् जसबाट फाइदा मिलेको छ। त्यसकारण परीक्षणमा सामेल कसैमा समस्या देखियो भने उनीहरूलाई सुरुवाती चरणमै औषधि दिन सकिन्छ र रोग नियन्त्रण गर्न सकिन्छ।'

प्राध्यापक होर्बीका अनुसार यस्ता परीक्षणमा स्वंयमसेवकहरूलाई नजिकबाट नियालिने छ र उनीहरूले भाइरस प्रति कस्तो प्रतिक्रिया जनाइरहेका छन् भन्ने कुरा हेर्नका लागि उनीहरूको प्रतिरोध प्रणालीको अनुगमन गरिनेछ । एकजना सरकारी प्रवक्ताले त्यस्तो परीक्षण बारे छलफल भइरहेको जानकारी दिए।

कोरोना भाइरस विरुद्ध खोप विकास गर्नका लागि विश्वभर तीव्र गतिमा पहल भइरहेको छ ।

हालसम्म ३६ वटा खोप क्लिनीकल परीक्षणका चरणमा छन् । त्यसमध्ये एक अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको खोप परीक्षणको अन्तिम चरण नजिक पुगिसकेको छ । सफल खोपले भाइरस विरुद्ध सुरक्षा प्रदान गर्ने छ जसले गर्दा लकडाउन र सामाजिक दूरी जस्ता विषयलाई बिस्तारै खुकुलो पार्दै लान सकिने छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.