जुवाको अखडा बन्दै डोल्पाका सरकारी कार्यालय : कार्यालय समयमै खेल्छन् कर्मचारी

जुवाको अखडा बन्दै डोल्पाका सरकारी कार्यालय : कार्यालय समयमै खेल्छन् कर्मचारी

डोल्पा : डोल्पामा सरकारी कार्यालयमा  कर्मचारीले नै जुवाघर बनाइरहेको पाइएको छ। जिल्ला सदरमुकाममा रहेका धेरै जसो कार्यालयमा कर्मचारीहरु कार्यकक्षमा नबसी कुनै एक फाँटमा जुवा अड्डा बनाउने गरेको भेटिएको छ। 

जिल्लामा रहेका धेरै जसो सरकारी कार्यालयका कार्यालय प्रमुख देखि तल्लो तहका कर्मचारीहरु एकै ठाउँमा दिनभर जुवा खेल्ने गरेको एक सेवाग्राहीले जानकारी दिए। उनले भने, ‘मेरो नाम नलेखिदिनू होला मैले हाकिम भेट्न ती दिन कुरेँ तर अन्तिममा जुवा खेल्ने ठाउँमा देखेँ।’

बिहानै ११ बजेदेखि पायक पर्ने कार्यालयका कर्मचारीहरु जम्मा हुने र जुवा खेल्ने कार्यालय सहयोगीलाई सर बाहिर जानु भएको छ भनेर सेवाग्राही फर्काउने गरेको सेवाग्राहीको गुनासो छ। 

यता निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले कर्मचारी नै जुवा खेल्ने गरेको गुनासो आएपछि सबै कार्यालय प्रमुखलाइ बोलाएर निर्देशन दिन लागेको बताइन्। निमित्त प्रजिअ शर्माले भनिन्,‘यदि त्यसरी कार्यालयमा जुवा खेलेको ठहरिए कारवाही हुन्छ, छुट कसैलेपनि पाउँदैन।’ 

कर्मचारीले कार्यालयमा जुवा खेल्ने गरेको र दुनै बजारमा पनि जुवा लुकिछिपी खेलिरहेको भन्ने सूचना पाएपछि सबै क्षेत्रमा प्रहरीलाई परिचालन गरी अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए। उनले भने,‘हामी गुनासो आएसँगै निकै गम्भीरतापूर्वक लागेको छौँ जुवातास पूरै बन्द गर्छौँ।’ 

कोरोनामा सेवा प्रवाहको काम कम हुने र कार्यालयमा काम नहुने भएपछि हाकिमदेखि कार्यालय सहयोगीसम्म जुवातासमै भेटिने गरेका छन्। तर कर्मचारीले दैनिक कार्यालयमा र बजारमै बसेर जुवा खेल्दासम्म जिल्ला प्रशासनले भने कार्यालयका कर्मचारीले सेवा प्रदान गरे नगरेको कुनैपनि दिन अनुगमन गरेको पाइदैन। 

दुई दर्जनभन्दा धेरै सरकारी कार्यालय सदरमुकाम दुनैमा छन्। त्यसमध्येका एक दर्जनभन्दा धेरै कार्यालयका कर्मचारी एक अर्को कार्यालयको एक कार्यकक्षमा जम्मा भएर दिनभर जुवा खेल्ने गरेको नागरिकको गुनासो छ। नागरिकले गुनासो गरेपछि मात्रै प्रहरी प्रशासनको आँखा खुल्न थालेको छ। 

जिल्लाका सरकारी कार्यालयका कर्मचारीहरु एक बजेपछि अधिकांश विभिन्न बहानामा कार्यालय बाहिर जाने र केही बजारका जुवा खाल र केही कार्यालयकै जुवा कक्षमा दिन बिताउने गरेको पाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.