दक्षिणका अधिकारीको हत्यामा उत्तर कोरियाली नेता किमले माफी मागे
सोल : उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाली अधिकारी मारिएको घटनामा माफी मागेका छन् ।
उक्त घटनालाई नेता किमले अनपेक्षित र अपमानजनक घटना भन्दै शुक्रबार माफी मागेका हुन् । गत मंगलबार दक्षिण कोरियाली अधिकारीलाई उत्तरका प्रहरीले गोली हानी हत्या गरेको भन्दै दक्षिणबाट विरोध भएको थियो । दक्षिणले भने उत्तरका सुरक्षाकर्मीले आगो लगाइ हत्या गरेको आरोप लगाएको थियो ।
लामो समयदेखि उत्तर र दक्षिणबीच जारी द्धन्द्धको क्रममा उत्तरका सुरक्षाकर्मीले दक्षिण कोरियाली अधिकारीको हत्या गरेको यो दशककै पहिलो घटना हो ।
सोही घटनाप्रति नेता किमले सार्वजनिक रुपमा माफी मागेका हुन् । प्योङयाङले उक्त घटनाका लागि १० राउन्ड फायरिङ गरेको स्वीकारेको छ । तर दक्षिणका अधिकारीहरु आफ्नो समुद्री क्षेत्रमा प्रवेश गरेपछि कारवाही गरेको जनाएको थियो । कोरोनाभाइरस महामारी रोकथामका लागि उत्तरले आफ्नो चौतर्फी सीमा बन्द गरेको छ ।