चिनियाँ अधिकारीले आक्रोशित हुँदै अमेरिकालाई भने: इनफ इज इनफ !
बेइजिङ : संयुक्त राष्ट्रसंघीय उच्चस्तरीय बैठकमा चिनियाँ अधिकारीले कोरोनाभाइरसबारे अमेरिकी आलोचनाप्रति कडा टिप्पणी गरे ।
‘इनफ इज इनफ’ भन्दै अमेरिकी आलोचनाप्रति चिनियाँ अधिकारीले प्रतिवाद गरेका थिए । साधारण सभालाई सम्बोधन गर्ने क्रममा चीनलाई कटाक्ष गर्दै डोनल्ड ट्रम्पले दिएको अभिव्यक्तिप्रति अमेरिकाका लागि चिनियाँ राजदूत झाङ जुनले अमेरिकाको विश्वव्यापी भूमिकाप्रति प्रतिवाद गरेका हुन् ।
‘मैले भन्नैपर्छ, पुग्यो भनेपछि पुग्यो ! तिमीले विश्वका लागि पहिल्यै प्रसस्त समस्या सिर्जना गरेका छौ,’ झाङले सुरक्षा परिषदको बैठकमा यस्तो बताएका हुन् । अमेरिकासँग अत्याधुनिक प्रविधि हुँदा पनि किन धेरै मृत्यु भइरहेको छ ? भन्दै उनले आशंका सहित प्रश्न गरेका थिए । साथै उनले अमेरिकाको भुमिका प्रति कडा आपत्ति जनाएका थिए । ‘यदी कोही जिम्मेवार बन्नुपर्छ भने, ती अमेरिकी केही राजनीतिज्ञ हुन्,’ उनले भने ।
अमेरिकी नेताहरुले अक्सर चीनलाई लक्षित गर्दै भन्ने गरेको शब्दावली प्रयोग गर्दै झाङले पनि अमेरिकालाई भनेका थिए, ‘अमेरिकाले बुझ्नु पर्छ कि, मुख्य शक्तिले मुख्य शक्तिकै रुपमा व्यवहार गर्नुपर्छ ।’
तर अमेरिका पूरा रुपमा पृथक रुपमा अलग्गिएकोमा उनको गुनासो थियो । मंगलबारको मन्तव्यमा ट्रम्पले कोभिड १९ को महामारी फैलाएकोमा चीनप्रति कडा कदम चाल्नुपर्ने प्रतिक्रिया दिएका थिए ।