छिमेकी गाउँ गुहार्दै नवलपरासीका बाढी पीडित

छिमेकी गाउँ गुहार्दै नवलपरासीका बाढी पीडित

परासी : पाल्हीनन्दन गाउँपालिका–१ शंकरपुर गाउँका कमलेश यादव शुक्रबार बिहान परिवारसहित सरसामान र पशु चौपाय बोकेर छिमेकी गाउँका आफन्तको घरमा आश्रय लिन जाँदै थिए। तीन दिनदेखि परेको अविरल वर्षा बिहीबार राति मात्र रोकिएको छ। वर्षा रोकिए पनि गाउँमा पसेको बाढी सुक्न अझै १० दिन जति लाग्ने भएपछि छिमेकी गाउँपालिका पाल्हीनन्दनको गडौरी गाउँस्थित आफन्तको घरमा आश्रय लिन पुगेका हुन्। अझ पनि पानी पर्ने सम्भावना उत्तिकै रहेकाले स्थानीयहरु त्रसित छन्।

कमलेश मात्र होइन पश्चिम नवलपरासीको सरावल गाउँपालिका र पाल्हीनन्दन गाउँपालिकाका ६ वटा वडाका स्थानीयहरु शुक्रबार घरका सामान र पशुचौपाय छिमेकी गाउँमा लगेर राख्न व्यस्त देखिन्थे। हरेक वर्ष आउने बाढीका कारण स्थानीयहरुलाई यसैगरी घर छाडेर छिमेकी गाउँमा गुहार माग्न जानु पर्ने बाध्यता छ। बाढीले सरावलको वडा नं. ४ देखि ७ नम्बर वडा पूर्ण रुपमा डुबानमा परेको छ। भने पाल्हीनन्दनको १ र ६ नम्बर वडा पूर्ण रुपमा डुबानमा परेको छ। शंकरपुरकै अदालती चौधरी घर अगाडी आएको छाती भरी पानीमा डुबेर सामान निकाल्न तल्लिन थिईन्। घरभित्र डुबेको खाट देखाउँदै उनले भनिन् ‘ सुत्ने ठाउँ पनि डुब्यो। ३ दिन देखि सुतेकी छैन। चामल, गहुँ र मसुरो सबै भिज्यो छोरा छोरीलाई के खुवाउने हो ? ’घरभित्रको सबै अन्नपात डुबेपछि स्थानीयलाई छाक टार्ने समस्याको पिरलो पनि उत्तिकै छ।

‘घरभित्र भएको सबै अन्नपात बाढीले डुबायो। छाक टार्ने केही छैन। पशु चौपाय पनि मरे। अहिलेसम्म कसैले आएर राहत दिनेको त कुरै छोड्नुस् जनप्रतिनिधिहरु आएर समेत सोधिखोजी गरेका छैनन्। ’अर्की स्थानीय कमलावती यादवले गुनासो गरिन्। बाढीले घर डुबाएपछि स्थानीयहरुलाई खानेपानी देखि शौचालय जान समेत मुश्किल छ। ‘घरभित्र बाढी पसेपछि शौचालय डुबाएको छ। बाहिर जाउँ भने गाउँ नै जलमग्न छ। चापाकल डुबाएपछि खानेपानीको समस्या पनि उत्तिकै छ। ’स्थानीय जितेन्द्र यादवले भने।

बाढीले केही पशुचौपाय पनि मरेका छन्। बाढीका कारण फोहोर पानीले रोग निम्ताउने उत्तिकै संभावना रहेको स्थानीयको गुनासो छ। गाउँ डुबानमा परेपनि राहतका लागि स्थानीय तहले वास्ता नगरको उनीहरुको गुनासो छ। डुबानमा परेकाहरु सबैजसोले छिमेकी गाउँका स्थानीयसँग मागेर छाक टार्नु परेको बताए बाढीका कारण काट्न तयार भएको धानसमेत डुबाउँदा स्थानीय थप चित्तित बनेका छन्। सरावल–६ का स्थानीय भागिरथी गुप्ताले हरेक वर्ष आउने बाढीबाट पीडित बनेका स्थानीयलाई जनप्रतिनिधिहरुले आश्वासन मात्र दिने गरेको बताए। ढिलो गरी केही चामल र दाल दिएपनि दिर्घकालिन समस्या समाधानमा जनप्रतिनिधिहरुले वास्ता नगर्दा समस्या ज्यूँका त्यूँ रहेको उनको भनाई छ। स्थानीय झरही र धनेवा खोलाले वर्षेनी गाउँ डुबानमा पर्ने गरेको छ। पानीको उचित निकास नभएसम्म यहाँका स्थानीयहरुले हरेक वर्ष क्षति व्यहोर्नु परेको उनको भनाई छ।

दुई गाउँपालकामा करिब १ हजार बढी घर डुबानमा छन्। करिब १ सय बढी घरपरिवार विस्थापित भएका छन्। सरावलको बुडन्तपुरमा मात्र २ सय घर डुबानमा परेका छन्।  विस्थापित परिवारलाई टेन्ट टाँगेर राखिएको सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले बताए। राहतका लागि लगत संकलन भइरहेको उनले बताए। लगत संकलनपछि राहत वितरण हुने उनले बताए। पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्ताले बाढीपीडितलाई चामल, दाल र टेन्ट वितरण गर्ने योजना बनाएको सुनाए।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.