भारतमा कृषि विधेयकको विरोध गर्दै देशभरका किसानहरु आन्‍दोलित

भारतमा कृषि विधेयकको विरोध गर्दै देशभरका किसानहरु आन्‍दोलित

नयाँदिल्ली : भारतको संसदले हालै पास गरेको कृषि विधेयकको विरोध गर्दै विभिन्न सहरमा ठूलो संख्यामा किसानहरु सडकमा उत्रिएका छन् ।

शुक्रबार उनीहरुले विरोधस्वरुप विभिन्न राजमार्ग बन्द गर्नुका साथै चक्काजाम गराए । साथै विधेयक फिर्ता लिनुपर्ने किसानहरुको माग छ । छाता संगठनको रुपमा ‘अल इन्डिया किसान संघर्ष संयोजन समिति’को आह्वानमा देशभरका ३ सय ५० भन्दा धेरै किसान संगठनहरुले शुक्रबार एक साथ प्रदर्शन गरेका थिए ।

किसान आन्दोलनलाई प्रतिपक्षी दल कांग्रेस, आरजेडी र त्रिणमूल कंग्रेस सहित १० वटा केन्द्रीय ट्रेड यूनियनले समर्थन र साथ दिएका छन् । कांग्रेसका नेताहरुले कृषि कानुनले भारतका किसानहरुलाई दासमा परिणत गर्ने भन्दै प्रदर्शनमा सहभागिता जनाएका छन् ।

राहूल गान्धी, प्रियंका गान्धी, भद्र र रणदीप सूर्जेवाला लगायत नेताहरुले विधेयकको विरोधमा आवाज उठाएका छन् । साथै भारत बन्दमा समर्थन दिएका छन् । तर कतिपय स्थानमा आन्दोलनकारी किसानहरुमाथि भारतीय जनता पार्टीका कार्यकर्ताहरुले सांघातिक हमला गरेका छन् । भाजपाका कार्यकर्ताहरुको हूलले प्रदर्शन रोक्दै पार्टी र सरकारको पक्षमा नारावाजी गर्दै प्रदर्शनकारीहरुमाथि हमला गरेका हुन् । यस क्रममा सयौं आन्दोलनकारी किसानहरु पक्राउ पनि परेका छन् ।

भारतमा कृषि सम्बन्धी विभिन्‍न माग राख्दै यसअघि पनि पटक पटक थुप्रै आन्दोलन हुँदैआएका छन् । यससँगै भारतका ग्रामिण भूभागका किसानहरु हरेक वर्ष हजारौँको संख्यामा आत्महत्या गर्ने गरेको तथ्यांक विभिन्‍न निकायले सार्वजनिक गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.