कालापानीछेउ सशस्त्रको गुल्म

कालापानीछेउ सशस्त्रको गुल्म

दार्चुला : गृहमन्त्री रामबहादुर थापाले शुक्रबार व्यास गाउँपालिका–१ छाङरु गागामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको उद्घाटन गरेका छन्। आफ्नो भूमि रक्षाका लागि भन्दै सरकारले वैशाख ३१ गते सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) खडा गरेकामा त्यसलाई गुल्ममा स्तरोन्नति गरिएको हो।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रनजिकै स्थापना गरिएको सशस्त्र प्रहरीको गुल्म उद्घाटन गरिएको बताए। ‘भारतले एकतर्फी रूपमा नेपाली भूमि भएर चीन जोड्ने गरी सडक उद्घाटन गरेपछि नेपाल सरकारले व्यासमा सशस्त्र राखेको हो’, पोखरेलले भने। 

गृहमन्त्री थापासहितको टोली मध्याह्न १२ बजे दार्चुला सदरमुकाम खलंगा आइपुगेको थियो। त्यसपछि गृहमन्त्री थापासँगै व्यासको छाङरुमा दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना, गृहसचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, मन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदी, सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाली सेनाका सहायकरथी पवनराज घिमिरे, सशस्त्र प्रहरीका एआईजी रामशरण पौडेललगायत पुगेका हुन्। 

व्यास कालापानीभन्दा झन्डै १२ किलोमिटर दक्षिणमा पर्छ। मन्त्रिपरिषद्को गत असार २८ गतेको निर्णयअनुसार गुल्म स्थापना गरिएको हो। भारतले अतिक्रमण गरेका कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटर सरकारले नयाँ नक्सा जारी गरिसकेको छ। त्यसपछि सरकारले व्यास क्षेत्रमा सुरक्षा उपस्थिति बढाउँदै लगेको छ। व्यासकै तिंकर र कौवामा पनि बीओपी राख्ने तयारी छ। 

मन्त्रीको टोली शनिबार मात्रै काठमाडौं फर्किने जनाइएको छ। व्यासमा बस्दा कौवा, तिंकरलगायत क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम छ। स्थानीय प्रशासनले गृहमन्त्री थापाको भ्रमण तालिकाबारे जानकारी दिएको छैन। यसबारे कुनै जानकारी नभएको पोखरेलले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.