नबोली नबोली सिध्याए (भिडियो)
काठमाडौं : काम गरेर देखाउनेलाई मुखले बोल्नु पर्दैन भन्ने गतिलो उदाहरण बनेका छन् अहिले गीतसंगीत र यसको श्रव्य विधाका लागि निर्देशक विधान कार्की। नभन्दै यसको पछिल्ले उदाहरण बनेको छ उनको निर्देशनमा बनेको गीत ‘नबोली नबोली’।
हुनत एउटा गीत स्तरीय बन्नुमा एकजनाको मात्रै मेहनत काफी हुँदैन। गायक, संगीतकार र मोडलको पनि उत्तिकै योगदान हुन्छ तर ती सबैको उचित सामायोज महत्वपूर्ण विषय हो। यसको जिम्ममा पाएका हुन्छन् यसका निर्देशकले।
यसपालिको नेपाल आइडलमा दोश्रा भएका गायक प्रविण बेडवाल र छोटो समयमा चर्चामा आएकी गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत ‘नबोली नबोली’ मा टिकटकबाट हिट भएका सुधीर श्रेष्ठ अनि गरिमा शर्माको अभिनयको मिश्रण नै यसको सफलताको कसी बन्यो।
अर्जुन पोखरेलको शब्द, संगीत र संगीत संयोजन रहेको गीतको भिडियो रिलिज हुन नपाउँदै भ्युजको सिँढी उक्लने क्रममा छ। गीतमा कथा भन्न सिपालु विधानले एक मुखियाको घरमा काम गर्ने केटा र मुखियाकी छोरीसँगको प्रेम सम्बन्धलाई देखाएका छन्।
भिडियोकको छायांकन उत्सव दाहालले र सम्पादन तथा कलर करेक्सन विकास दाहालले गरेका छन्। भिडियोका कार्यकारी निर्माता रायन रेज हुन्।