अस्ताए दुई श्रष्टा
काठमाडौं : मनोरञ्जनको दुनियाँका दुई श्रष्टाले इहलीला सविसाएका छन्। नेपाली फिल्म उद्योगका छायाँकार जावेद शाह र गीत संगीतको माध्यमबाट बलिउडमा तहल्का मच्चाएका गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ।
छाँयाकार शाहको ७० वर्षमा काठमाडौं र बालासुब्रमण्यमको ७४ वर्षको उमेरमा चेन्नईको एक अस्पतालमा निधन भएको हो। काठमाडौंको क्षेत्रपाटीस्थित आफ्नै निवासमा निधन भएका भएका शाहलाई हृदयघात भएको थियो। उनको बिहीबार मुश्लिम परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ। छायाँकार शाहका श्रीमती र दुई छोरा छन्।
रूसमा फिल्म सम्बन्धि अध्ययन गरेर फर्किएपछि शाह सन् १९८३ मा ‘बदलिँदो आकाश’ मा सहायक छायाँकार भएका थिए। शाहले ‘भाग्य रेखा’ ‘विजय पराजय, युगदेखि युगसम्म, चोखो माया, सीमाना, प्रतिज्ञा, जमिन, नातेदार, प्रतीक्षा, ज्वाला, अवतार, रानी खोला’ लगायत फिल्म खिचेका छन्।
यस्तै दिदी तेरा देवर दिवाना बोलको गीतका गायक बालासुब्रमण्यमले दक्षिण भारतीय र हिन्दी फिल्म धेरै गीत गाएका छन्। अभिनेता सबलमान खानले अभिनय गरेका प्रायः फिल्मका गीतमा उनको स्वर छ।
उनले ‘मैने प्यार किया’, ‘साजन’, ‘हम आप के है कौन’ जस्ता फिल्ममा गाएका थिए। शाहरुख खान र दीपिका पादुकोण अभिनित फिल्म ‘चेन्नइ एक्सप्रेस’को शीर्ष गीतमा पनि उनकै स्वर थियो।