विद्युत चुहावट नियन्त्रणमा भक्तपुरको ‘रेकर्ड’

विद्युत चुहावट नियन्त्रणमा भक्तपुरको ‘रेकर्ड’

भक्तपुर : विद्युत चुहावट नियन्त्रणमा नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रले आर्थिक वर्ष २०७६/७७ मा अघिल्लो वर्षको ‘रेकर्ड’तोडेर नयाँ रेडर्क राखेको छ।

आर्थिक वर्ष २०७५/७६ मा विद्युत चुहावट नियन्त्रण १३.०६ प्रतिशतमा झारेर केन्द्रले ‘रेकर्ड’ राखेको थियो। जबकि प्राधिकरणको केन्द्रीय कार्यालयले १५ प्रतिशत लक्ष्य दिएको थियो। यसरी लक्ष्यभन्दा बढी चुहावट नियन्त्रण गरेर भक्तपुर वितरण केन्द्रले नयाँ रेडर्क राखेको थियो। उक्त रेडर्कलाई समेत भक्तपुर वितरण केन्द्रले आर्थिक वर्ष २०७६/७७ मा ब्रेक गरेको छ।

केन्द्रका प्रमुख राजकुमार रमणले गएको आर्थिक वर्षमा विद्युत चुहावट नियन्त्रण ७.९७ प्रतिशतमा झार्न सफल भएको दावी गरे। उनका अनुसार अघिल्लो वर्ष विद्युत चुहावट १३.०६ प्रतिशतमा झरेपछि केन्द्रीय कार्यालयले भक्तपुर वितरण केन्द्रलाई ९.७५ प्रतिशत लक्ष्य दिएको थियो। उक्त लक्ष्यभन्दा करिब २ प्रतिशत बढी विद्युत चुहावट नियन्त्रण गरेर आर्थिक वर्ष २०७६/७७ मा भक्तपुर वितरण केन्द्रले रेडर्कमाथि रेकर्ड राख्न सफल भएको प्रमुख रमणले बताए।

‘आर्थिक वर्ष २०७५/७६ मा १३.०६ प्रतिशतसम्म विद्युत चुहावट नियन्त्रण गरेर भक्तपुरले रेकर्ड कायम गरेको थियो’, उनले भने, ‘आर्थिक वर्ष २०७६/७७ मा विद्युत चुहावट १३.०६ प्रतिशतभन्दा पनि कम ७.९७ प्रतिशतमा झारेर रेकर्डमाथि रेकर्ड राख्न सफल भयौं।’भक्तपुरमा आर्थिक वर्ष २०७१/७२ मा ६३ प्रतिशत विद्युत चुहावट भइरहेको थियो। सोही वर्षको वैशाख १२ गते विनाशकारी भूकम्प गयो। जसले गर्दा पुराना घरमा प्रणालीगत रुपमा भइरहेको विद्युत चुहावट प्रकाशमा आएको थियो।

जसले गर्दा भक्तपुर वितरण केन्द्रलाई विद्युत चुहावट नियन्त्रण अभियान सञ्चालन गर्न सहज भएको थियो। सोही आधारमा यहाँका चारवटै नगरपालिकाको सहयोगमा केन्द्रले विद्युत चुहावट नियन्त्रण अभियानलाई निरन्तरता दिएको थियो। जुन अभियान अहिलेसम्म जारी रहेको केन्द्र प्रमुख रमण बताउँछन्।
निरन्तरको विद्युत चुहावट अभियानको सफलतास्वरुप आर्थिक वर्ष २०७२/७३ मा विद्युत चुहावट ६३ प्रतिशतबाट एकैबाजी ३७.०३ प्रतिशत झरेको केन्द्रको तथ्यांकले देखाउँछ। क्रमशः आर्थिक वर्ष २०७३/७४ मा २८.०८ प्रतिशत र आर्थिक वर्ष २०७४/७५ मा १८.५९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७५/७६ मा १३.०६ प्रतिशतमा झारेर भक्तपुर वितरण केन्द्रले पहिलोपटक लक्ष्यभन्दा बढी चुहावट नियन्त्रण गरेर रेकर्ड राखेको थियो।

केन्द्र प्रमुख रमणले भक्तपुरमा निरन्तर विद्युतको माग बढ्दासमेत चुहावट नियन्त्रण गर्न सफलता हासिल भएको दावी गरे। उनका अनुसार चुहावट नियन्त्रण अभियानलाई प्रत्येक वर्ष निरन्तरता दिइएकाले चुहावट नियन्त्रणमा उल्लेखनीय उपलब्धि हात लागेको हो। केन्द्रले ग्राहस्तर्फ सँगै प्राविधिक चुहावट नियन्त्रणमा समेत विशेष जोड दिइएको जनाएको छ।

‘प्राविधिक चुहावट घटाउन गाँस भएका तारहरु फेरेर इन्सुलेटेड तार जडान गरियो’, केन्द्र प्रमुख रमणले थपे, ‘ओभर लोडेड ट्रान्सफर्मरलाई अपग्रेड गर्ने र नांगा तारहरुको ठाउँमा एबीसी तारहरु राख्ने कार्य भयो।’उनले गएको वर्ष विद्युत चुहावट नियन्त्रण कारबाहीबाट केन्द्रले एक करोड ४० लाख ८६ हजार २ सय १४ रुपैयाँ राजस्व संकलन गरेको जानकारी दिए।

‘३ सय ७६ जनामाथि विद्युत चुहावट कारबाही गरेर उक्त राजस्व संकलन भएको हो’, प्रमुख रमणले भने, ‘सिरियल नम्बर नभएका २८ हजार मिटरलाई एम पावर बिलिङ प्रणालीमा समेत प्रविष्ट गर्ने काम भयो ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.