कोरोनाबाट सबैभन्दा धेरै अमेरिकामा ७० लाख संक्रमित
वासिङटन : अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या ७० लाख भन्दा धेरै पुगिसकेको छ । जोन हकिन्स यूनिभर्सिटीको तथ्यांक अनुसार यही शुक्रबारसम्म ७० लाख ५ हजार ७ सय ४६ संक्रमित पुष्टि भएका छन् ।
जुन विश्वमै सबैभन्दा धेरै संक्रमित संख्या हो । साथै भारतमा ५८ लाख संक्रमित पुगे भने तेस्रो धेरै संक्रमित भएको देश ब्राजिल हो । जहाँ संक्रमित संख्या ४७ लाख पुगिसकेको छ । यस्तै अमेरिकामा मृत्यु हुनेको संख्या २ लाख ३ हजार २ सय ४० पुगिसकेको छ । मृत्यु हुनेको संख्या पनि अमेरिकामै सबैभन्दा धेरै छ ।
गत वर्षको डिसेम्बरदेखि फैलिएको कोरोनाबाट हालसम्म विश्वभर ३ करोड ५१ लाख भन्दा धेरै मानिस संक्रमित भइसकेका छन् । जसमध्ये २ करोड १६ लाख भन्दा धेरै निको भएका छन् भने ९ लाख ७० हजारको मृत्यु भयो ।