युक्रेनमा सैन्य जहाज दुर्घटना, २२ को मृत्यु
केभ : युक्रेनको पूर्वीय क्षेत्र खर्किभीस्थित सैन्य विमान दुर्घटना हुँदा सैनिक अधिकृत सहित २२ जनाको मृत्यु भएको छ ।
स्थानीय मिडियाले जनाए अनुसार युक्रेनियन एयरफोर्स दुर्घटना हुँदा अरु दुईजना गम्भीर घाइते भएका छन् । सहायक गृहमन्त्री एन्टोन गेरसेन्कोले यो खबरको पुष्टि गरेका हुन् । साथै घटनाबारे छानविन गरिने उनको भनाइ छ ।
एन्टोनोब २६ नामको उक्त जहाज दुर्घटना हुँदाको भिडियो सामाजिक सञ्जालमा भाइरल पनि भएको छ । घटनापछि त्यहाँ विशाल आगलागी भइ धुवाँको मुस्लो उडेको थियो ।
विमानभित्र २७ जना भएकोमा घटनामा मृत्यु हुने सबैभन्दा धेरै खर्तिब नेश्नल एयर फोर्स युनिभसिटीका विद्यार्थी छन् । सात जना क्र्यूमा थिए । दुर्घटनामा घाइतेहरुको अवस्था गम्भीर रहेको बताइएको छ । युक्रेनियन राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस घटनालाई भयानक त्रासदी हो भनेका छन् । साथै उनी यही शनिबार किभ नजिकैको घटनास्थलमा अवलोकनका लागि जाने बताएका छन् ।