जापानी प्रधानमन्त्री सुगाले भने : म किमलाई विनासर्त भेट्न चाहन्छु
टोकियो : जापानका नवनियुक्त प्रधानमन्त्री योशिहिदे सुगाले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्न चाहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७५औँ महासभामा बोल्ने क्रममा सुगाले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री सुगाले उत्तर कोरियासँग सुमधुर सम्बन्ध बनाउन चाहेको पनि बताए । २००२ मा दुई देशबीच भएको परमाणु सम्बन्धी सम्झौतालाई कार्यान्वयन गरी अगाडि बढ्न चाहेको उनको भनाइ थियो ।
तर किमसँग भेट्नका लागि आफूसँग सर्त नभएको बताएका थिए । 'जापानको नयाँ प्रधानमन्त्रीका रूपमा म उनलाई भेट्न चाहन्छु, त्यसका लागि मसँग कुनै सर्त छैन,' प्रधानमन्त्री सुगाले भने ।
यसवाहेक उनले टोकियो र प्योङयाङ बीच रचनात्मक र सन्तुलित सम्बन्धको पक्षमा आफू रहेको प्रष्ट पारेका थिए । साथै क्षेत्रीय शान्ति स्थापनाका लागि आफूहरुले योगदान दिनुपर्ने उनको भनाइ थियो ।