लोकगायनमा जँम्दै पछिल्लो पुस्ताका ‘चकलेटी गायक’

लोकगायनमा जँम्दै पछिल्लो पुस्ताका ‘चकलेटी गायक’

काठमाडौं : २२ वर्ष अगाडी स्याङजाको पेलाकोटमा जन्मिएका युवा लोकगायक अर्जुन सापकोटा पछिल्लो समय गीत गायनमा ब्यस्त कलाकारका रुपमा परिचित छन्। चार वर्षे सांगितिक यात्राकै क्रममा झण्डै एक दर्जन बढी गीतमा स्वर भरिसकेका सापकोटाका एक पछि अर्को गीत हिट बन्दै जान थालेका छन्। 

केही समय अगाडी मात्रै  उनले युट्युबमार्फत ‘जन्मेकै गाउँ रोयो...’ गीत सार्वजनिक गरेका छन्। ‘अहिलेको परिस्थितीलाई ध्यानमा राखेर यो गीत ल्याइएको ’ उनको जिकिर छ।

लोकगायिका देवी घर्तीसँगको युगल जोडीका रुपमा सापकोटाले यस गीतमा स्वर दिएका छन्। शब्द र संगीत विमल अधिकारीको रहेको यो गीतलाई धेरैले अहिले रुचाएका छन्। उनको यो गीत अहिलेसम्म १० लाख ५५ हजार मानिसहरुले हेरिसकेका छन्।

घर परिवार नै सांगितिक क्षेत्रमा रहेका कारण पनि सापकोटालाई सांगितिक क्षेत्रले तानेको उनको भनाई छ। उनका बुवा मणिप्रसाद सापकोटा आफै गीत लेख्ने र स्वर भर्ने काम गर्थे। त्यसैबाट प्रभावित सापकोटा पनि बुवाको पदछाप पछ्याउँदै सांगितिक क्षेत्रमा हाम्फालेका हुन्। विगत चार वर्ष यता निरन्तर उनी लोक गायनमा रुमाइरहेका छन्। 

पछिल्लो समय उनलाई लोकगायनको क्षेत्रमा चकलेटी गायकका रुपमा पनि धेरैले रुचाउन थालेका छन्। अहिलेसम्म डेढ दर्जन गीत मा उनले आफनो स्वर दिइसकेका छन्।  ‘सानो हुँदादेखि नै म बुवाका गीत गाउने गर्थे। अहिले चार वर्ष भयो, यही क्षेत्रमा भविष्य खोजुँ भनेर लागेको छु’ सापकोटाले अन्नपूर्णसँग भने।

उनको  ‘पिरती नला माया’, ‘वनकी चरी वनैमा’,  ‘ल्याङ फ्याङ’ बोलको दसैं गीत लगायतका गीतहरु सार्वजनिक भएका छन्। भावना म्युजिक सोलुसनमार्फत उनका अधिकांश गीत रिलिज हुने गरेका छन्। ‘वनकी चरी वनैमा’ गीत भने उनले आफ्नै च्यानलबाट सार्वजनिक गरेका हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.