अदालतमा अनिल अम्बानीको जवाफः कानुनी शुल्क तिर्न गहना बेचेँ !

अदालतमा अनिल अम्बानीको जवाफः कानुनी शुल्क तिर्न गहना बेचेँ !

लण्डन : व्यवसायी अनिल अम्बानीले बेलायतको अदालतमा आफू सामान्य जीवन यापन गरिरहेको र एउटा मात्रै कार प्रयोग गर्ने वयान दिएका छन् ।

यस्तै उनले कानूनी शुल्क तिर्न परिवारसँग रहेको गहना बिक्री गर्नुपरेको पनि बताएका छन् । अम्बानीले २०२० को जनवरीदेखि जुनसम्म सुनबाट ९ दशमलब ९ करोड रकम हात पारेको स्पष्टिकरण दिए ।

उनीसँग भएको महंगो र विलाशी कारको बारेमा सोध्दा आफूसँग विलाशी कार भएको कुरा निराधार र मिडिया प्रचारवाजी मात्रै भएको बताए । ‘यी सबै मिडियाका बनावटी काहानी हुन् । मैले कहिल्यै पनि रोल्स–रोयस लिएको छैन । हाल मसँग एउटा मात्रै कार छ,’ अम्बानीले भने ।

बेलायतको उच्च अदालतले २०२० मे २२ मा अनिल अम्बानीलाई जुन १२ सम्म तीनवटा चिनियाँ बैंकलाई ५,२८१ करोड ऋण तिर्न आदेश दिएको थियो । अनिलले बैंकबाट ५०० करोड आमाको नामबाट र ३१० करोड छोरा अनमोलको नामबाट ऋण लिएका थिए । अनिललाई शुक्रबार यूकेको अदालतले सोधपुछ गर्ने क्रममा आफू सामान्य जीवन यापन गर्दैआएको र आफ्नी पत्नीसँग भएको सुन समेत बिक्री गरेको जवाफ दिएका हुन् ।

अदालतले उनलाई पत्नी टिनालाई महंगो र विलाशी मोटार कार यच्ट गिफ्ट गरेको प्रसंग पनि सोधेको थियो । तर अनिलले आफूले व्यक्तिगत रुपमा यो उपहार नदिएको जवाफ दिएका थिए ।
रिलायन्स कम्पनीका मालिक तथा विश्वकै सर्वाधिक १० धनीभित्र पर्ने भारतीय व्यवसायी मुकेश अम्बानीका भाइ हुन् अनिल । यसअघि नै अनिलले बैंकलाई तिर्ने रकम नपुग्दा मुकेशले सहयोग गरेको बताइएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.