संसद बैठकमै जब सांसदले प्रेमिकालाई खुला चुम्बन गरे

संसद बैठकमै जब सांसदले प्रेमिकालाई खुला चुम्बन गरे

अर्जेन्टिना : अर्जेन्टिनाका एक सांसदले संसदीय बहस चलिरहेका बेला आफ्नी प्रेमिकाको खुला स्तनमा चुम्बन गरेपछि राजीनामा दिनु परेको छ ।

अर्जेन्टिनाको तल्लो सदनका सांसद जुआन एमिलियो अमेरीले संसदको अनलाइन बहस चलिरहँदा यस्तो हर्कत गरेका थिए । उनले चुम्बन गरेको भिडियो सार्वजनिक भएपछि चौतर्फी आलोचना भयो । र अन्ततः राजीनामा दिनु परेको हो । ती सांसदले प्रेमिकासँग जिस्किरहेको बेला संसदको बहस भने पेन्सन कोष लगानीको मुद्दामा गम्भीर रुपमा केन्द्रित थियो ।

तल्लो सदनको उक्त बहस यूट्यूब च्यानलबाट लाइभ प्रशारण भइरहँदा ती सांसदले प्रेमिकाको स्तनमा ‘किस’ गरेको भिडियो पनि एकैचोटि प्रशारण भइरहेको थियो । जब कि, केही सांसद संसदमै उपस्थित थिए भने धेरैजसो घरबाटै अनलाइन बैठकमा लाइभ उपस्थित थिए । जुआन एमिलियोले भने आफूले त्यस बखत उक्त बैठक अफलाइन भएको महसुश गरेको प्रतिक्रिया दिएका छन् । तर बिहीबार तल्लो सदनका अध्यक्ष सर्जियो मासाले उनलाई बोलाएपछि राजीनामा दिएका हुन् ।

‘मसँग घरमा डरलाग्दो इन्टरनेट सञ्जाल छ,’ अमेरीले एक रेडियो अन्तर्वार्तामा भनेका छन् । अमेरीले हालसालै आफ्नी प्रेमिकाको स्तन बढाउने शल्याक्रिया गरेको समेत बताए । बैठक चलिरहँदा प्रेमिका आफ्नो कोठामा प्रवेश गरेपछि आफूलाई अफलाइन भएको महसुश भएपछि प्रेमिकालाई आफूसँगै बोलाएर किस गरेको स्पष्टिकरण उनले दिए ।

‘मैले उनलाई खै हेरौँ त प्रत्यारोपण कस्तो भएछ, भनेँ, हेर यो तल झरेको छ, यो चाहिँ तल कम झरेको छ, घाउ हेरौँ त भनेँ, र उनी मेरै छेउमा थिइन् । र मैले उनका स्तनमा चुम्बन गरेँ, उनी मेरो छेउमा थिइन् र मैले उनका स्तनमा चुम्बन गरेँ । भएको त्यत्ति हो,’ अमेरीले भने ।

उनको यस्तो गतिविधिको भिडियो केही बेरमै सामाजिक सञ्जालमा भाइरल बन्यो । र आलोचना पनि हुन थाल्यो । ती सांसदले प्रेमिकाको ब्लाउज तल तान्नुअघि नै उक्त भिडियो सामाजिक सञ्जालमा भिडियो भाइरल बनिसकेको थियो ।

तर ब्युनर्स आयर्स सहरका विधायक मारिया रचिदले अमेरीको बचाउ गरेका छन् । अमेरीको गतिविधि खराब नभएको भन्दै ती विधायकले अमेरीको बचाउ गरेका हुन् । अरु सांसदले बैठक चलिरहँदा मोबाइल फोनमा क्यान्डी क्रस खेलिरहेको बेला उनले प्रेमिकालाई चुम्बन गर्नु नाजायज नभएको तर्क उनको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.