यूकेमा लकडाउन विरोधी प्रदर्शनकारी र प्रहरीबीच झडप

यूकेमा लकडाउन विरोधी प्रदर्शनकारी र प्रहरीबीच झडप

लण्डन : बेलायतमा लकडाउन विरोधी प्रदर्शनको क्रममा १० जना पक्राउ परेका छन् । साथै झडपको क्रममा चार सुरक्षा अधिकारी घाइते भएका छन् ।

लण्डन महानगरीय प्रहरीका अनुसार त्राफलगर स्क्वायरमा भेला भएका १० हजार भन्दा धेरै प्रदर्शनकारीहरुलाई तितरबितर पार्न लाठीचार्ज गर्दा झडप भएको थियो । बेलायतमा कोरोनाभाइरस संक्रमितको संख्या बढेपछि सरकारले यही सातादेखि लकडाउन कडा गरेको हो । जसको विरोधमा शनिबार आम नागरिक सडकमा उत्रिएका छन् ।

‘दुखद रुपमा हाम्रा चार अधिकृत घाइते भएका छन्, दुई जनालाई अस्पतालमा उपचारका लागि लगियो,’ महानगरीय प्रहरीले ट्वीटरमा जनाएको छ । गत साता पनि यस्तै प्रदर्शन हुँदा दर्जनौँ प्रहरी अधिकृत घाइते भएका थिए । शनिबार प्रदर्शनको नेतृत्व गर्नेमध्ये डेभिड इक पनि थिए । जो एक प्रसिद्ध षड्यन्त्रको सिद्धान्तवादी थिए ।

भीडका केही प्रदर्शनकारीले भने कोभिड १९ को खोप विरुद्ध संकेत दर्शाउने प्लेकार्ड बोकेका थिए । प्रधानमन्त्री बोरिस जोन्सनले भने शनिबार विश्व स्वास्थ्य संगठनको खोप विकास गर्ने प्रयासलाई साथ दिनुपर्ने भन्दै आग्रह गरेका थिए । यही साता जोन्सन नेतृत्वको सरकारले ६ जना भन्दा धेरै मानिसबीच भेला हुन, रेष्टुरेण्ट, बार खोल्न कडाइ गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.