चिनियाँ कोइला खानीमा १६ कामदारको मृत्यु

चिनियाँ कोइला खानीमा १६ कामदारको मृत्यु

बेइजिङ : चीनको दक्षिणपश्चिम क्षेत्रस्थित एउटा कोइला खानीमा कार्बन मोनोअक्साइडका कारण १६ कामदारको मृत्यु भएको छ । एकजनाको अवस्था गम्भीर छ ।

आइतबार बिहानै खानीमा आगोलागी भएकोले केही घण्टापछि त्यहाँबाट उत्पादन भएको विषाक्त कार्बन मोनोअक्साइडले गर्दा सुरुङभित्रका कामदारको मृत्यु भएको बताइएको छ । चिनियाँ टेलिभिजन च्यानल सिसिटिभीका अनुसार घटनास्थलमा बाँच्न सफल भएकाहरुको जीवन सुरक्षित बनाउन उद्धारकर्मी खटिएका छन् ।

साथै दुर्घटनाको कारण पत्ता लगाउन अझै छानविन भइरहेको बताइएको छ । चोंकिङ सहर नजिकैको सोंग्जाओ कोइला खानी राज्य सञ्चालित कम्पनी हो । हरेक वर्ष चिनियाँ कोइला खानीमा यस्ता दुर्घटना बारम्बार भइरहेका छन् । कमजोर सुरक्षा व्यवस्था र निगरानीको अभावमा यस्ता घटना हुने गरेको बताइन्छ ।

गत डिसेम्बरमा दक्षिण पश्चिम गुइझाओ प्रान्तमा मात्रै ग्यास विस्फोट र कोइला खानीभित्र कम्तिमा १४ जनाको मृत्यु भएको थियो । यस्तै २०१८ को डिसेम्बरमा ७ जना खानी कामदारको मृत्यु भयो भने अक्टोबरमा पूर्वी शांग्दोङमा २१ ज्ना खानी कामदारको मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.