मेक्सिकोको एक रेष्टुरेन्टमा हतियारधारी समूहको आक्रमणबाट ११ जना मारिए

मेक्सिकोको एक रेष्टुरेन्टमा हतियारधारी समूहको आक्रमणबाट ११ जना मारिए

मेक्सिको सिटी : मेक्सिकोको ग्वानजुतो प्रान्तस्थित एक रेष्टुरेन्टमा आइतबार हतियारधारी समूह छिरेर अन्धाधुन्ध गोली प्रहार गर्दा ११ जनाको मृत्यु भएको छ ।

आइतबार अचानक हतियारधारी समूह रेष्टुरेन्टमा छिरेर गोली चलाउँदा त्यहाँ ठूलो संख्यामा पाहुना र कर्मचारीहरु थिए । मृत्यु हुनेमध्ये सात पुरुष र चार महिला छन् । उनीहरु पाहुना र कर्मचारी रहेका थिए । 

आइतबार बिहान मोटरसाइकलमा अचानक ठूलो संख्यामा आएका ती बन्दुकधारीहरु कहाँबाट आएका थिए र कहाँ गए भन्ने यकिन भएको छैन । साथै घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।

किसानहरुको वाहुल्य रहेको ग्वान्जु सहरमा यस्तो घटना भएको हो । मेक्सिकोमा खासगरी लागूऔषध तस्कर समूहबीच बारम्बार झडप हुने गरेका छन् । कतिपय अवस्थामा प्रहरीसँग पनि तस्कर समूहको झडप पर्ने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.