पाकिस्तानमा भ्यान दुर्घटना हुँदा १३ यात्रुको मृत्यु
इस्लामाबाद : पाकिस्तानको सिन्ध प्रान्तमा यात्रुवाहक भ्यान दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । प्रहरी अधिकारीहरुका अनुसार कराँची–हैदराबाद राजमार्गमा शनिबार यात्रुवाहक भ्यान दुर्घटना भएको हो ।
उक्त भ्यानमा २० जना सवार रहेको बताइएको छ । अर्को गाडीसँग ठोक्किएपछि भ्यान सडकबाट तल खसेको थियो । प्रहरीका अनुसार भ्यानमा जोडिएको सिएनजी सिलिन्डरमा आगो लागेर विस्फोट हुँदा थप क्षति भएको थियो ।
घटनास्थलमा मृतकको शरीर आगोले जलेको थियो । दुर्घटनामा भ्यानका चालक सहित सात जना बाँच्न सफल भएको जनाएको स्थानीय मिडियाले जनाएका छन् ।