पाकिस्तानी पूर्वमन्त्रीलाई महिला सांसदले यौन शोषणको आरोप लगाइन्

पाकिस्तानी पूर्वमन्त्रीलाई महिला सांसदले यौन शोषणको आरोप लगाइन्

इस्लामाबाद : पाकिस्तानी पूर्वगृहमन्त्री तथा पाकिस्तानी मुस्लिम लिग–नवाजका नेता तलाल चौधरीविरुद्ध यौन शोषणको आरोप लागेको छ ।

चैधरीको आफ्नै पार्टीकी राष्ट्रियसभा सदस्यले उनलाई यस्तो आरोप लगाएकी हुन् । आयशा राजब अलीका अनुसार गत सेप्टेम्बर २३ को रातमा चौधरीले यस्तो शोषण गरेका थिए । फैसलाबादस्थित अलीको घरमा चौधरी पार्टीको आन्तरिक छलफलका लागि गएका थिए ।

त्यस क्रममा चौधरीलाई अलीका परिवारले घरमै कुटपिट गरी घटनास्थलमा प्रहरीलाई बोलाएको समेत बुझिएको छ । त्यस बखत चौधरीले घटनास्थलबाट प्रहरीका बरिष्ठ अधिकृतलाई फोन गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । तर प्रहरीले पछि उक्त घटनालाई ‘मिसअन्डरस्ट्यान्डिङ’ भनेको छ । यद्यपि सरकारी उच्च अधिकारीहरुले यस घटनालाई छानविन गर्ने बताएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.